शिक्षामन्त्री पोखरेल भोली दार्चुला आउदैँ 

५ बर्ष अघि

२0७६ बैशाख ६ शुक्रबार

शिक्षामन्त्री पोखरेल भोली दार्चुला आउदैँ 

दृष्टिकोण समाचार बैशाख ६ दार्चुला । नेपाल सरकारका शिक्षा मन्त्री गिरीराजमणी पोखरेल भोली अर्थात बैशाख ७ गते शनिबार दार्चुला आउने भएका छन् । 
शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले आयोजना गरेको शैक्षिक अन्तरक्रिया सम्बन्धि कार्यक्रमको उद्घाटन गर्ने शिक्षा मन्त्री पोखरेल दार्चुला आउन लागेको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख जय राज पन्तले बताउनु भयो ।
यस्तै शिक्षामन्त्री गिरीराज मणी पोखरेलको साथमा सचिवालयका निजी स्रोताका स्वकीय  सचिव जिवन गौतम लगायत उहाँकै सचिवालयमा काम गर्ने कर्मचारीहरु पनि भोली दार्चुला आउने तयारी रहेको शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाका प्रमुख पन्तले जानकारी दिनु भएको छ ।
यस्तै शैक्षिक अन्तरक्रिया कार्यक्रममा दार्चुला बाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना, प्रदेश सांसद मान बहादुर धामी लगायत दार्चुलाका नौ वटै स्थानीय तहका प्रमुख,उप प्रमुखहरु तथा जिल्लामा स्थित सरकारी गैरसरकारी संघ संस्थाहरुका प्रमुखहरुको सहभागिता रहने शिक्षा विकास तथा समन्वय एकाई दार्चुलाले जनाएको छ ।