नेपाल विद्यार्थीसंघले आफनो ५० औँ स्थपना दिवस दार्चुलामा पनि मनाइ्यो 

५ बर्ष अघि

२0७६ बैशाख ६ शुक्रबार

नेपाल विद्यार्थीसंघले  आफनो ५० औँ स्थपना दिवस दार्चुलामा पनि मनाइ्यो 

ललित सामन्त,बैशाख ६ दार्चुला । नेपाल विद्यार्थीसंघले आपनो स्थापना दिवस दार्चुलामा पनि मनाएको छ । 
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले शुक्रबार आफनो ५० औँ स्थापना दिवस मनाएको हो । विक्रम सम्बत २०२७ साल बैशाख ६ गते काठमाडौको स्वयम्भुको सत्तलमा सन्त नेता स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेविसंघको स्थापना सभाको उद्घाटन गर्नुभएकोे थियो ।
यसैविच नेपाल विद्यार्थीसंघ दार्चुलाले आफनो स्थपना दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल दार्चुलामा रहेका ९ जना विरामीहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाल विद्यार्थीसंघ दार्चुलाका प्रबतmा दिपक खातीको नेत्तृत्वमा जिल्ला अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण गरिएको नेपाल विद्यार्थीसंघ दार्चुलाका प्रबतmा दिपक खातीले जानकारी दिनु भएको छ । 
फलफुल वितरण कार्यक्रममा नेपाली कांग्रेसका नेता कार्यकर्ता जिल्ला अस्पताल दार्चुलामा रहेका डाक्टरहरु लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।