आज र भोली देशैभर राष्ट्रिय भिटामिन ‘ए’  र जुकाको औषधि खुवाइने

५ बर्ष अघि

२0७६ बैशाख ६ शुक्रबार

आज र भोली देशैभर राष्ट्रिय भिटामिन ‘ए’  र जुकाको औषधि खुवाइने

एसडी खबर, बैशाख ६ काठमान्डाैँ । सरकारले आज र भोली देशैभर राष्ट्रिय भिटामिन ‘ए’  र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।  वैशाख  ६ र ७ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने कार्यक्रम रहेको स्वाथ्य मन्त्रालयले जानएकाे छ । साथै १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका  जिल्लाका ५ वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सुक्ष्म पोषणतत्व बालभिटा वितरण गर्ने कार्यक्रम पनि रहेको छ ।  सामान्य प्रशासन मन्त्रालयले ती सबै कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग र प्रचारपचारमा सहजीकरण गरी अभियान सफलतापूर्वक संचालन गर्न सबै स्थानीय तहलाई निदेर्शन दिएको छ ।  प्रत्येक वडा–वडामा दुई वोटा बुथ राखेर स्वास्थ्यकर्मीद्वारा  भिटामनि ‘ए’ र जुकाका औषधि खुवाइने जानकारी दिए ।