संसदीय पत्रकारीता सम्बन्धि दुई दिने  तालिम सम्पन्न 

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

संसदीय पत्रकारीता सम्बन्धि दुई दिने  तालिम सम्पन्न 

ललित सामन्त,बैशाख ५ दार्चुला । संसीय पत्रकारीता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ ।बुधबार बाट सुरु भएको संसद मिडिया सम्बन्धका आधारमा दुई दिने तालिम सम्पन्न भएको हो ।

मिडिया विकास समाजका इन्चार्ज लक्ष्मण दत्त पन्तको अध्यक्षता एवं संघिय सांसद पुर्व अर्थमन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा दुइ दिने संसदीय पत्रकारीता सम्बन्धि तालिम सम्पन्न भएको हो । 
कार्यक्रममा संसद बैठकको समाचार संकलन गर्दा पत्रकारहरुले अपनाउनु पर्ने आचरण, व्यवहार,मर्यादा पालन,नीतिनियम तथा प्रदेश सभामा संसदभित्र बन्नसक्ने समाचारका लागि अभिमुखीकरण प्रदान गरिएको कार्यक्रमका सहभागिहरुले बताएका छन् । 
यस्तै कार्यक्रममा बोल्दै पुर्व अर्थमन्त्री दामोदर भण्डारीले सांसललाई जवाफदेही बनाउन मिडियाको भुमिका महत्वर्पुण हुने भएकाले सधै सांसदहरुका कृयाकलापहरुमा कलम चलाउन सुदुरपश्चिमका मिडिया कर्मीहरुलाई आग्रह समेत गरेका छन् । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बैतडीका जिल्ला अध्यक्ष नर सिह बडु लगायत सुदुरपश्चिम प्रदेश भित्रका मिडियाकर्मीहरुको सहभागितामा दुइदिने संसदीय पत्रकारीता तालिम सम्पन्न भएको हो । कार्यक्रमको आयोजना सुदुरपश्चिम प्रदेशको बैतडीमा सम्पन्न भएको हो ।