दार्चुलामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु 

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

दार्चुलामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु 

ललित सामन्त,बैशाख ५ दार्चुला । दार्चुलामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको मार्मा गाउँपालिकामा पर्ने लटिनाथमा बिहिबार बाट ११ औँ राष्ट्रपति रनिङ सिल्डप्रतियोगिता सञ्चालन भएको हो । 


जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालको अध्यक्षता तथा दार्चुला बाट निर्वार्चित सांसद एव प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आतिथ्यतामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता उद्घाटन गरिएको  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले बताउनु भयो । पाचँ दिन सम्म चल्ने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा छात्र,छात्रा दुबै समुहमा खेलाइने खेलमा भलिबल कबड्डी,एथलेटिक्स,हाइजम्प,लम्जम्प,त्रिपलजम्प,ज्याभलिङ थ्रो,सटपुट लगायतका खेलहरु खेलाइने  जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
यो भन्दा पहिले जिल्लाका नौ वटै स्थानीय तहमा पालिकास्तरीय राष्ट्रपति रनिङ सिल्डको तयारी गरिसकेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

 यस वर्ष राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नौ वटै स्थानीय तहका  विजेता र उपविजेता टिमले हभागिता जनाउने भएका छन् ।  विजेता टिमले सिल्ड मेडेल र प्रमाण पत्र प्रदान गरिने छ ।
यस वर्षको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बैशाख ९ गते सम्म चल्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।