बन्दको प्रभाव दार्चुलामा परेन् 

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

बन्दको प्रभाव दार्चुलामा परेन् 


सुलाेचना महता, बैशाख ५ दार्चुला । देशभरी नै विहिबार विप्लव समुहको बन्दको प्रभाव अधिकांश ठाउँमा परेपनि दार्चुला जिल्लामा बन्दको खासै प्रभाव परेको छैन् । दार्चुलामा लामो तथा छोटो दुरीका गाडीहरु सञ्चालनमा नै रहेका छन् । त्यस्तै सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयहरु, विद्यालय र व्यवसायहरु सञ्चालनमा नै रहेका छन् । त्यस्तै बजार क्षेत्र पनि खुला नै रहेको छ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समुहबाट क्षती नहोस् भनि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गरी सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।