विद्युतीय कारोबार ऐनविरुद्ध बैतडीमा पत्रकारहरुद्धारा विराेध

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

विद्युतीय कारोबार ऐनविरुद्ध बैतडीमा पत्रकारहरुद्धारा विराेध


एसडी खबर, बैशाख ५ बैतडी । विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेजीको माग राख्दैँ नेपाल पत्रकार महासंघले देशभर आन्दोलन गर्ने निर्णय अनुसार नेपाल पत्रकार महासंघ बैतडीले जिल्ला प्रशासन बैतडीमा विरोध धर्ना कार्यक्रम गरेको छ । पत्रकार अर्जुन गरी सहितका पत्रकारहरु रिहाईको माग गदैँ नेपाल पत्रकार महासंघ बैतडीले विरोध धर्ना कार्यक्रम शुरु गरेको हो । विद्युतीय ऐन अन्र्तगत पत्रकारहरुलाई पटकपटक पक्राउ गर्ने क्रम बढेको भन्दैँ उक्त दफा खारेजीको माग गरेको गदैँ पत्रकारहरु आन्दोलित भएका छन् । नेपाल पत्रकार महासंघले बुधबार महासंघले सबै जिल्ला शाखा तथा पत्रकार एवं सञ्चारमाध्यमहरुमा घोषित कार्यक्रमलाई सफल पार्न आह्वान पनि गरेको थियो ।