अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

५ बर्ष अघि

२0७६ बैशाख ५ बिहीबार

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट प्रक्षेपण

दृष्टिकाेण समाचार बैशाख ५ काठमान्डाैँ । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार नेपालले पहिलाे पटक  अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको छ । सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’  नेपालले पहिलो पटक अन्तरिक्षमा पठाएको हो ।

जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात ‘नानो स्याटेलाइट’ निर्माण गरेको हुन् । त्यसैगरी भूउपग्रह निर्माणको नेतृत्व विश्वविद्यालयका वरिष्ठ अन्तरिक्ष वैज्ञानिकले गरेका हुदाँ प्रत्यक्ष रुपमा नेपाली वैज्ञानिक श्रेष्ठ र मास्केले सहयोग गरेका हुन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान नास्टका अनुसार नेपालको भू–उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २ बजेर ३५ मिनेटमा भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको छ । ‘नेपाली स्याट–१’ नेपाली नाम दिइएको भूउपग्रहलाई अन्तरिक्षमा पठाइनुलाई सफलता तथा उपलब्धीकाे रुपमा हेरिएको छ ।  बर्डस्-३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देश (नेपाल, जापान र श्रीलंका) का भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।