एक ठाउँ काम,अर्को ठाउँको बजेट भुक्तानी 

५ बर्ष अघि

२0७६ बैशाख ३ मंगलवार

एक ठाउँ काम,अर्को ठाउँको बजेट  भुक्तानी 


सुलाेचना महता, बैशाख ३ दार्चुला ।  केन्द्रीय सरकारका मातहतमा रहेको सिँचाई मन्त्रालय मार्फत मार्मा गाउँपालिका वडा नम्बर ४ मा उपभोक्ता समितिबाट निमार्ण भइरहेको मर्मती सिँचाई योजनामा एक ठाउँमा काम भएको छ भने अर्को ठाउँको बजेट जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुलाले  भुक्तानी गरेको पाइएको छ । 
मर्मती सिँचाई योजनाको काम मलेगाड खोला देखि र्ममतीको स्थानीय विष्णु विष्टको घर  फेरसम्म मात्र नहर बनाउने काम भएको हुदाँ उपभोक्ता समितिले काम नगरीकन नरेबगडीसम्मको रकम जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुलाले भुक्तानी दिएको (नाम नबताउने सर्तमा) मार्मा गाउँपालिका वडा नम्बर ४ का एक स्थानीयले बताउनु भयो । र्ममती सिँचाई योजनामा भएको कामको अनुगमन नगरीकन जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुलाले १० प्रतिशत कमिसन खाएर रकम भुक्तानी दिएको उनले आरोप लगाएका छन् । त्यसैगरी र्ममतीमा निमार्ण भईरहेको नहरमा मापदण्ड अनुसार सिमेन्ट, सरिया र सेलेड नराखेको हुदाँ निमार्ण भएको नहरको पानी समेत चुहिने सेमेत उनले बताए । त्यसैगरी र्ममती सिँचाई योजनामा काम गर्दा सरकारी मापदण्ड अनुसार पारिश्रमिक नपाएर ३ सय रुपैँया मात्र रकम पाएको स्थानीय कामदारले गुनासो गरेका छन् । जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुलाबाट जति काम ग¥यो त्यती नै भुक्तानी लिईरहेको र्ममती सिँचाई योजनाका अध्यक्ष धनबहादुर विष्टले जानकारी दिनु  भयो । सिँचाई योजनामा काम गर्ने प्रत्येक कामदारलाई सरकारी मापदण्ड अनुसार ४५० देखि ७ सय रुपैँया सम्म पारिश्रमिक दिने गरेको हुदाँ तोकिएको भन्दा कम ज्याला दिएको भए गाउँमा छलफल गर्नुपर्ने र्ममती सिँचाई योजनाका अध्यक्ष दानबहादुर विष्टले बताउनु भयो । 
र्ममती सिँचाई योजनाको अनुगमन प्रत्यक्ष रुपमा आफुले अनुगमन गरेको हुदाँ सिँचाई योजनामा काम राम्रोसँग सञ्चालन हुनुका साथै कामको आधारमा नै रकम भुक्तानी दिएको जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुला प्रमुख कुमार खड्काले जानकारी दिनुभयो । २०७४ साल बैशाख महिना देखि पाचँवर्षमा सम्पन्न हुने गरी सञ्चालन भएको र्ममती  सिँचाई योजनाको हाल सम्म कामको आधारमा ४२ लाख रुपैँया जति भुक्तानी दिएको तथा   ६÷७ लाख रुपैँया मात्र भुक्तानी दिन बाँकी रहेको जलस्रोत तथा सिँचाई सब डिभिजन कार्यालय दार्चुला प्रमुख खड्काले बताए ।