विद्यार्थी भर्ना अभियानमा नगरपालिका

५ बर्ष अघि

२0७६ बैशाख २ सोमबार

विद्यार्थी भर्ना अभियानमा नगरपालिका

सुलाेचना महता, बैशाख २ दार्चुला ।दार्चुलाको महाकाली नगरपालिकाले शैक्षिक नगरी बनाउनका लागि सोमबार देखि नगरक्षेत्र भित्र विद्यार्थी अभियान सञ्चालन गरेको छ । आम जनताका छोराछोरीलाई शिक्षाको पहुचँमा पु¥याई शिक्षा गर्नुका साथै नगरक्षेत्र भित्रका बालबालिकाहरु विद्यालय क्षेत्र भन्दा बाहिर नरहोस् भनि यही बैशाख २ गते देखि ११ गते सम्म विद्यार्थी भर्ना अभियान शुरु भएको महाकाली नगरपालिका प्रमुख हंसराज भट्टले बताउनु भयो ।

महाकाली नगरपालिकाले नगरक्षेत्र भित्र शैक्षिक क्यालेन्डर बनाएर सामुदायिक र संस्थागत विद्यालय लागु गर्नुका साथै सामुदायिक विद्यालयमा पनि अङग्रेजी माध्यमबाट पढाई हुने नगप्रमुख भट्टले जानकारी दिनु भयो । महाकाली नगरपालिकाले नयाँ भर्ना अभियान अन्र्तगत विशेष गरी नगरक्षेत्र भित्ररहेका सामुदायिक तथा संस्थागत विद्यालयमा भर्ना भएका टुहुरा बालबालिकालाई विद्यालयको पोशाक, झोला लगायत शैक्षिक सामग्रीको व्यवस्था गरीने नगरप्रमुख भट्टले जानकारी दिनु भयो । विद्यालयमा कति टुहुरा बालबालिकाहरु छन् भनि तथ्याङक संकलन गरी सोही अनुसार उनीहरुका लागि बजेट छुटयाएर विद्यालय मार्फत टुहुरा बालबालिकालाई विद्यालयको पोशाक, झोला लगायत शैक्षिक सामग्री दिइने उहाँले बताउनु भयो । महाकाली नगरपालिका भित्र हाल ४८ सामुदायिक र आठ वटा संस्थागत विद्यालय रहेका छन् ।