दार्चुलामा पहिलो पटक महिला पुरुष डेउडा प्रतियोगिता 

५ बर्ष अघि

२0७६ बैशाख २ सोमबार

दार्चुलामा पहिलो पटक महिला पुरुष डेउडा प्रतियोगिता 

 

दृष्टिकाेण समाचार बैशाख १ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगाको खुला मञ्चमा नयाँ वर्षको उपलक्ष्यमा भएको पहिलो पटक महिला पुरुष डेउडा प्रतियोगता आइतबार सम्पन्न भएको छ । चैत्र ३० गते देखि १ गते सम्म सुदुरपश्चिमको संस्कृति हाम्रो गहना, यसैमा छ युवाहरुको चाहान भन्ने मुल नाराका साथ दार्चुला युथ ग्रुपले सञ्चालन गरेको खुला महिलापुरुष डेउडा प्रतियोगिता भएको हो । 
उक्त डेउडा प्रतियोगितामा प्रथम कलावती ठगुन्ना, द्धतीय सरस्वती अवस्थी  र तृतीय सरुली शाहु भएको दार्चुला युथ ग्रुपका अध्यक्ष कैलाशसिँह ठगुन्नाले बताउनु भयो । डेउडा प्रतियोगितामा प्रथम हुने ११ हजार १ सय ११ रुपैँया, द्धतीय हुने ५ हजार ५ सय ५५ रुपैँया र तृतीय हुने ३ हजार ३ सय ३३ नगद सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरीएको दार्चुला युथ ग्रुपले जनाएको छ ।