स्थानीय सरकारहरुलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा बस्न आग्रह (निर्णय सहित)

६ बर्ष अघि

२0७५ असार १ शुक्रबार

स्थानीय सरकारहरुलाई विपद व्यवस्थापनको लागि तयारी अवस्थामा बस्न आग्रह (निर्णय सहित)

१ असार दार्चुला । जिल्ला विपद व्यवस्थापन समितिको असार १ गते बसेको बैठकले सम्भावित विपद व्यवस्थापनका लागि जिल्लाका सबै स्थानीय सरकारहरुलाई तयारी अवस्थामा बस्न आग्रह गरेको छ ।
जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यको अध्यक्षतामा बसेको विपद पूर्व तयारीको बैठकले विभिन्न निर्णयहरु गरेको छ । दार्चुला बाढी पहिरो, भुकम्प, हावाहुरी, चट्याङ लगायत विभिन्न किसिमका प्राकृतिक विपदहरुको जोखिममा रहेको जिल्लाको सुचीमा परेकाले विपदको पूर्व तयारीका लागि विपद व्यवस्थापन समितिको बैठक बसेर पुर्व तयारीका लागि सरोकारवालाहरुसँग छलफल गरिएको हो । 
बैठकमा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्की, नौ वटै स्थानीय तहका प्रमुखहरु, दैवि प्रकोप उद्धारमा काम गर्ने विभिन्न कलष्टरका पदाधिकारीहरु, सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधी विभिन्न गैरसरकारी संघसंस्थाका प्रमुख एवं सञ्चारकर्मीको सहभागिता रहेको थियो । 
बैठकको निर्णय