दार्चुलाका एक वृद्ध ३२ वर्ष देखि गौसेवा गदैँ

५ बर्ष अघि

२0७६ बैशाख १ आईतवार

दार्चुलाका एक वृद्ध ३२ वर्ष देखि गौसेवा गदैँ


सुलाेचना महता, बैशाख १ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ फारा बस्ने ७० वर्षिय गोपाल सिँह कुवँरले छिमेकी मुलुक भारत उत्तराखण्ड प्रदेश अन्र्तगत पर्ने नाराणय आश्रम ३२ वर्ष देखि गाईगोरुको स्याहार सुसार गदैँ आएका छन् । स्वदेशमा खेतीपाती गरेर खानलाउन नपुगेपछि काम गर्नेका लागि छिमेकी मुलुक भारतको नाराणय आश्रममा गाईगोरुको स्याहारसुसार गर्ने कार्य गदैँ आएका हुन् । 
आश्रममा गाईगोरुको स्याहार सुसार गरेर कुवँरले हाल मासिक रुपमा १० हजार रुपैँया आम्दानी गरीरहेका छन् । गौसेवा गरी कमाएको रुपैँया छोराबुहारी तथा नातिनातिनीहरुलाई दिने गरेको कुवँरले बताए । दुई छोरा र दुई छोरी गरी चार सन्तान भएका कुवँरले भने, छोरीहरुले बिहेगरी पराई घर गएको तथा एउटा छोराले घरमा खेतीपाती गर्ने र अर्को छोरा सदरमुकामको मोती घरमा बस्ने बताए । कुवँरले भने, ‘आश्रममा मैँले विहान देखि बेलुका सम्म गाईगोरुको स्याहारसुसार गर्ने काम गर्छु ।’ गाईगोरुको पालनपोषण गर्नु धर्म पनि हो कुवँरले भने । नाराणय आश्रममा अहिले २५ गाईगोरुको स्याहारसुसार कुवँर एकलैले गरीरहेका छन् । युवाहरुले स्वदेशमा पनि यसरी पशुपालन कार्यलाई व्यवसायको रुपमा गर्न सकेमा राम्रो आम्दानी गर्न सक्ने उहाँले बताउनुभयो ।