दार्चुलामा नयाँ वर्षको रोनकतासँगै बाली भित्र्याउने काम शुरु

५ बर्ष अघि

२0७६ बैशाख १ आईतवार

दार्चुलामा नयाँ वर्षको रोनकतासँगै बाली भित्र्याउने काम शुरु


दृष्टिकाेण समाचार बैशाख १ दार्चुला । दार्चुला जिल्लामा नयाँ वर्षको शुरु भएसँगै किसानहरुले हिउँदे बाली भित्र्याउने काम शुरु गरेका छन् । बैशाख देखि जेठसम्म हिउँदे बाली भित्र्याउने किसानहरुको अत्यन्त व्यस्तताको समय हो । नयाँ वर्षसँगै दार्चुलाको लेकम क्षेत्रका किसानहरुले  हिउँदे बाली  काट्ने, चुट्ने र भित्र्याउन जस्ता काममा किसानहरु व्यस्त भएको बताएका छन् । गहुँ, जौ, तोरी लगायत हिउँदेबाली भित्र्याउने किसानहरुले भित्र्याउने गरेका छन् । यसपाली मौसम अनुकल भएका कारण बाली भित्र्याउन सहज भएको किसान पार्वती रावलले बताइन् । अधिल्लो वर्षको भन्दा समय समयमा पानी परेकाले यसवर्ष बाली राम्रो उत्पादन भएको उनले बताएकी छिन् । त्यसै दार्चुला जिल्लाकाे व्यासँ, अपिहिमाल लगायत उच्च हिमाली भागहरुमा हिउँदे बाली पाकेकाे छैन् ।