दार्चुलामा विषु पर्व मनाइदैँ

५ बर्ष अघि

२0७६ बैशाख १ आईतवार

दार्चुलामा विषु पर्व मनाइदैँ

दृष्टिकाेण समाचार बैशाख १ दार्चुला । सुदुरपश्चिमका अन्य जिल्ला लगायत दार्चुलामा आज बिषु पर्व धुमधामका साथ मनाइँदैछ । वैशाख १ गते मनाइने विषु पर्वमा मिठा–मिठा खानाका परिकार पकाउने र सिस्नो लगाउने प्रचलन छ । यो पर्वको रमाइलो पक्ष देवरभाउजू, नन्दभाउजू र साली भिनाजुले एक–आपसमा सिस्नुपानी छ्यापेर शुभकामना आदानप्रदान गर्नु हो । आजका दिन महिलाहरुले भगवानको स्तुती गर्दै पूतला खेल्ने प्रचलन समेत रहेको छ ।

दार्चुलाकाे मार्मा क्षेत्रको गुल्जरमा विषु जात्रासमेत लाग्ने गर्छ । प्राचीनकालमा सञ्चार साधनको अभावमा परदेशीको रैवार घरसम्म नपुग्ने अवस्थामा वर्षमा एक पटक अनिवार्य रुपमा विषु पर्वमा घर पुग्नु पर्ने बाध्यता थियो । विषु पर्वमा राम्रो परिकार, परिहनका साथै रमाइलो गर्ने चलन छ । देवर भाउजू, नन्द भाउजू र साली भिनाजुबीच सिस्नु लगाउने चलन छ । खासगरी विषु पर्व विष पखाल्ने पर्वका रुपमा मनाइन्छ । बिषुकै दिन कुलदेवताको पूजा गरी  स्थानिय परिकार गतानी डुब्का पकाएर खाने चलन छ ।