नेपाल टेलिकमको नयाँ वर्षको अफर

५ बर्ष अघि

२0७५ चैत्र ३0 शनिबार

नेपाल टेलिकमको नयाँ वर्षको अफर

दृष्टिकोण समाचार चैत्र ३० ।सरकारी स्वामित्वको नेपाल टेलिकमले नयाँ वर्ष २०७६ को अवसरमा आफ्नो योजना सार्वजनिक गरेको छ।नयाँ वर्षको अवसरमा टेलिकले आफ्ना ग्राहकलाई २०० रुपैयाँको डाटा प्याक उपलब्ध गराउने भएको छ। नेपाल टेलिकम ले शुक्रबार विज्ञप्ति जारी गर्दै चैत ३० गतेदेखि वैशाख तीन गतेसम्म खरिद गर्नेगरी २०० रुपैयाँको डाटा उपलब्ध गराउने जानकारी गराएको हो।
२०० रुपैयाँको डाटा अन्तर्गत ग्राहकले २०० मिनेट फोन गर्न र २०० म्यासेज पठाउन सक्नेछन् । त्यस्तै तीन जिबी बराबरको डाटा पनि टेलिकमले उपलब्ध गराएको छ। ८१४१५३ डायल गरेर डाटा लिन पाउने व्यवस्था गरेको छ भने डाटा लिएको पाँच दिन सम्म प्रयोग गर्न सकिने म्याद राखिएको छ।
नेपाल टेलिकमले नयाँ वर्ष २०७६ लाइ लक्षित गरी नयाँ अफर ल्याएको छ। सो नयाँ स्किम अन्तरगत टेलिकमका ग्राहकले २ सय रुपैयाँको एउटा प्याक किन्दा ३ जिबी डाटा चलाउन मिल्ने सुविधा छ। यसैगरी सो प्याकमा टेलिकमकै नेटवर्कभित्र २ सय मिनेटसम्म को भ्वाइस कल तथा २ सय वटा एसएमएस पठाउन सकिने सुविधा प्रदान गरेको छ ।