शैक्षिक क्षेत्रमा दार्चुला जिल्ला अगाडी रहेको सांसद ठगुन्ना

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

शैक्षिक क्षेत्रमा दार्चुला जिल्ला अगाडी रहेको सांसद ठगुन्ना

ललित सामन्त,चैत्र २९ दार्चुला । शैक्षिक क्षेत्रमा दार्चुला जिल्ला अगाडी रहेको दार्चुला बाट निर्वार्चित सांसद एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाले बताएका छन् । 
दार्चुला बहुमुखी क्याम्पसले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमा बोल्दै  निर्वार्चित सांसद ठगुन्नाले यस्तो बताएका हुन । 
दार्चुला बहुमुखी क्याम्पसमा अध्यनतर विद्यार्थीहरुको संख्या १ हजार ५ सय भएता पनि १ हजार भन्दा वढि विद्यार्थीहरुले विभिन्न क्षेत्रमा कामगरीरहेको बताएका छन् । ५ सय विद्यार्थीहरुले शिक्षा आर्जन गरीरहेको र भोलीका दिनहरुमा उनीहरुले पनि स्वारोजगार हुने बताएका छन् । यस्तै उहाँले शिक्षा क्षेत्रमा यो सरकार लागि परेको र दार्चुलाका तीन ठाउँमा प्राविधिक शिक्षाका खोलीसकेको र अन्य विद्यालयहरुमा पनि अबको आर्थिक वर्षमा सञ्चालन गर्ने बताएका छन् । यस्तै उहाँले प्रत्येक स्थानीय तह सम्म सडक कालोपत्रे गर्ने पनि बताएका छन् ।

शुभकामना आदान प्रदान कार्यक्रममा दार्चुला बाट निर्वार्चित एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना,जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की,समन्वय समिति उप प्रमुख कृष्ण सिह धामी,दार्चुला जिल्लाका चार वटा स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो । 
यस्तै  प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, प्रहरी प्रमुख दिपेन्द्र बहादुर शाही ,शसस्त्र प्रहरी भिम बहादुर चन्द ,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामी,लगायत विभिन्न राजनितिक दलका जनप्रतिहरु,सुरक्षा निकायका जनप्रतिनिधिहरु, विद्यार्थी,अभिभावक लगायत सञ्चारकर्मीहरुको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।