पर्यटक आकर्षक एउटा गन्तव्य दुहँ

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

पर्यटक आकर्षक एउटा गन्तव्य दुहँ


सुलोचना महता चैत्र २९ दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकामा प्राकृतिक तथा धार्मिक दृष्टिकोणले विभिन्न रमणीय तथा पर्यटकीय स्थलहरु रहेको छ । दुहुँ क्षेत्रमा थुपौँ प्राकृतिक तथा धार्मिक स्थलहरु मध्ये बह्म देवता, मष्ठ मालिका मन्दिर र प्राकृतिक दह मुख्य पर्यटक आकर्षक गन्तव्य स्थल हुन् । 

बह्म देवताको र मष्ठ मलिका मन्दिरः दार्चुलाको दुहुँ गाउँपालिकामा वडा नम्बर २ हिकिलामा रहेको बह्म देवता र मष्ठ मालिका मन्दिर दुहुँ क्षेत्रको मुख्य धार्मिक र पर्यटकीय स्थल हुन् । मष्ठ मालिका मन्दिरको निमार्ण गत वर्ष त्यहाँका स्थानीयहरुले चन्दा संकलन गरी ताम्रापत्र खरिद तथा श्रमदान गरेर निमार्ण गरेका हुन् ।

त्यस्तै बह्म देवताको मन्दिरको पहिले पत्थरले छानो छाएको बनेको थियो । यही पुस महिनामा मन्दिरको निर्माण भएर ताम्रापत्रले छाएको छ । बह्म देवताको मन्दिरमा दशमी तिथीका दिन पुजाका दिन छिमेकी मुलुक भारतको लिपुलेक, धारचुला, पिथौरागढ, घनघस्या लगायतका क्षेत्रबाट भक्तजनहरुले आउँछन् । 


प्राकृतिक दहः दुहुँ गाउँपालिका २ र नौगाढ गाउँपालिका १ को सीमा क्षेत्रमा रहेका यस्ता तीनवटा ताल रहेका छन् । जुन तालहरु समुद्री सतहबाट झन्डै ३ हजार ८ सय मिटर अग्लो ‘सिद्ध टोपी क्षेत्रमा रहेका ब्रह्म दह, पासा दह र टोटा दह गरी तीन दह ९ताल० धार्मिक तथा पर्यटकिय दृष्टिकोणले महत्तवपूर्ण क्षेत्र रहेका छन् ।

 सिद्ध टोपीको चुलीभन्दा झन्डै तीन सय मिटर तल ब्रह्म दह रहेको छ  । ति दहभन्दा करिब एक सय ५० मिटर तल पासा दह रह्नुका साथै त्यहाँबाट झण्डै दुई मिटर तल टोटे दह रहेको छ । तीन दह र सिद्ध टोपी मात्रै नभएर त्यहाँ पूर्वी भागमा भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये एक नागेश्वर र पश्चिममा भगवान ब्रह्माको मन्दिर रहेका छ ।

उक्त क्षेत्र देवता र राक्षसहरूको क्रीडास्थल ९पासा खेल्ने ठाउँका रूपमा प्रचलित छ । त्यस्तै सिद्ध टोपी देखि झण्डै ३ सय मिटर तल ब्रह्म ताल छ । बह्म दहको पानी सफा छ र निलो देखिन्छ ।