शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ललित सामन्त,चैत्र २९ दार्चुला । दार्चुला बहुमुखी क्याम्पसले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । 
दार्चुला बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण सिह साउदको अध्यक्षता एवं दार्चुला बाट निर्वार्चित प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यता तथा जिल्ला समन्वय समिति प्रमुख करविर बहादुर कार्कीको विशिष्ट आथित्यतामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । 
शुभकामना आदान प्रदान कार्यक्रममा दार्चुला बाट निर्वार्चित एवं प्रतिनिधि सभा सदस्य गणेश सिह ठगुन्ना,जिल्ला समन्वय समितिका प्रमुख करविर बहादुर कार्की,समन्वय समिति उप प्रमुख कृष्ण सिह धामी,दार्चुला जिल्लाका चार वटा स्थानीय तहका प्रमुखको सहभागिता रहेको थियो । 
यस्तै  प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, प्रहरी प्रमुख दिपेन्द्र बहादुर शाही ,शसस्त्र प्रहरी भिम बहादुर चन्द ,नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामी,लगायत विभिन्न राजनितिक दलका जनप्रतिहरु,सुरक्षा निकायका जनप्रतिनिधिहरु, विद्यार्थी,अभिभावक लगायत सञ्चारकर्मीहरुको सहभागितामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।