यात्रा’ र ‘ए मेरो हजुर ३’ फिल्म प्रदर्शनमा

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

यात्रा’ र ‘ए मेरो हजुर ३’ फिल्म प्रदर्शनमा

दृष्टिकोण समाचार, चैत २९ । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारदेखि दुई चलचित्र प्रदर्शनमा आएका छन् ।  आजदेखि प्रदर्शनमा आएका दुई चलचित्र हुन् ‘ए मेरो हजुर ३’ र ‘यात्रा’ । दुवै चलचित्रलाई यस वर्षका प्रतिक्षित चलचित्रका रुपमा हेरिएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी र निर्देशक झरना थापाकी छोरी  सुहाना थापाको जोडी बाँँधिएको छ । सुहानाले यसै चलचित्रबाट चलचित्रमा प्रवेश गरेकी छिन् । 

प्रदर्शनमा आएको ‘ए मेरो हजुर ३’ को बार प्रिमियर पनि गरिएको छ । प्रिमियरमा सिनेकर्मीको बाक्लो उपस्थिति रह्यो । सिनेमा हेरिसकेपछि सबैले सिनेमा राम्रो बनेको प्रतिकृया दिएका छन् ।अभिनेत्री सुहाना थापालाई स्टार गायकको डाइहार्ट फ्यानका रुपमा प्रस्तुत गरिएको छ । अनमोललाई भने दोहोरो भूमिकामा देख्न सकिन्छ ।सुनिल कुमार थापाको निर्माण रहेको चलचित्र ‘ए मेरो हजुर ३’ मा अनमोल केसी, डेब्यु नायिका सुहाना थापासँगै सलोन बस्नेत, सरोज खनाल, रेअर राइलगायतका कलाकारहरु मुख्य भूमिका रहेको छ । 

 प्रदर्शनमा आएको अर्को चलचित्र हो यात्रा । चलचित्र यात्रा अभिनेता सलिनमान बनियाँका कारण पनि चर्चामा छ । अझ रोचक कुरा त के छ भने चलचित्र यात्राका नायक सलिनमान बनियाँलाई झरना थापाले नै चलचित्रमा प्रवेश गराएकी थिइन् त्यो पनि यस अघिको चलचित्र ‘ए मेरो हजुर २’ बाट । चलचित्र यात्रामा सम्राट शाक्यको डेब्यू निर्देशन रहेको छ । चलचित्रमा सलिनमान बनियाँ भ्लगरको भूमिकामा प्रस्तुत भएका छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्र यात्राले युवा पुस्ताको मित्रता र मायाको कथा प्रस्तुत गर्ने बताइएको छ । चलचित्र यात्राको कथा पनि निर्देशक शाक्य स्वयंले लेखेका हुन् । संजय लामाको छायांकन रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको रहेको छ । चलचित्र यात्रा लाई जर्नी लभस्टोरीसमेत नाम दिइएको छ । यसमा यात्रामा आइ पर्ने विभिन्न समस्या प्रस्तुत गर्ने प्रयास गरिएको छ ।  चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।