पाकिस्तानमा बम विस्फोट, १६ जनाले ज्यान गुमाए

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

पाकिस्तानमा बम विस्फोट,  १६ जनाले ज्यान गुमाए

दृष्टिकोण समाचार, चैत २९ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम विस्फाेटनमा १६ जनाले ज्यान गुमाएका छन् । स्थानीय प्रहरीका अनुसार  शुक्रबार बिहान करिब ८ बजे हजारगञ्ज इलाकाको तरकारी बजारमा बम विस्फाेट भएको हो । 

समाचार संस्था एपीपीले  बम विस्फाेटन धमाका बजार नजिकै रहेको प्रहरीको भ्यानलाई लक्षित गरेर गरिएको जनाएको छ । धमाकापछि सुरक्षाबलले इलाकालाई चारैतर्फबाट घेरेको छ । बम डिस्पोजल टोलीलाई पनि घटनास्थलमा पठाइएको छ ।बम धमाकामा घाइते भएकाहरुलाई अस्पताल लगिएको छ । प्रहरीका अनुसार, हजारगञ्जमा हजारा सिया समुदायका मानिसहरुको बाहुल्यता रहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार, धमाकामा परेर ज्यान गुमाउने र घाइते हुनेहरुमा अधिकांश उनीहरु नै रहेका छन् । पाकिस्तानमा हजारा सिया समुदायलाई निशाना बनाएर पटक–पटक आक्रमण हुँदै आएको छ ।