सगरमाथाको उचाइ मापन गर्ने काम कता पुग्याे ? हेर्नुस पुरा समाचार

५ बर्ष अघि

२0७५ चैत्र २९ शुक्रबार

सगरमाथाको उचाइ मापन गर्ने काम कता पुग्याे ? हेर्नुस पुरा समाचार

दृष्टिकोण समाचार, चैत २९  ।  विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको उचाइ मापन गर्ने काम ६० प्रतिशत सम्पन्न भएकाे छ ।सिरहाको माडरदेखि सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुल्याङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर सम्पर्क स्थापित गर्ने काम भैसकेको र यो काम सकिएसँगै ६० प्रतिशत काम सम्पन्न भएको सगरमाथा मापन योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलले बताउनुभयो ।  अव प्राविधिक टोलीले सगरमाथा उचाइमा पुगेर उचाइ मापन गर्नेछन् । सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिए पनि नेपालले भने पहिलो पल्ट मापन गर्न लागेको हो । यसअघि भारत, चीन, अमेरिकालगायत देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।