चार दिनपछि नेपाल भारत जोड्ने नाकाहरु खुले 

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

चार दिनपछि नेपाल भारत जोड्ने नाकाहरु खुले 

ललित सामन्त,चैत्र २८ दार्चुला । चार दिनपछि मात्रै नेपाल भारत जोड्ने सिमा नाकाहरु खुल्ला गरिएका छन् । 
भारतमा भएको लोक सभा चुनाव सकिए संगै नेपाल भारत जोड्ने सिमानाकाहरु विहिबार देखि  खूल्ला गरिएका हुन । 
गत चैत्र १७ गते बसेको सिमा बैठकमा सिमापुलहरु २६ गते बेलेकी बाट बन्द गर्ने निर्णय दुबै देशका अधिकारीहरु विच सहमति भएतापनि पुनः भारतीय पक्षले उतm निर्णलाई संशोधन गरेपछि चैत्र २५ गते बलुकी ५ बजे देखि चैत्र २८ गते सम्म सिमानाकाहरु ७२ घण्टाका लागि बन्द गरिएका थिए ।