३ सय उद्यमी सिर्जना गर्न एक करोड बजेट खर्च हुदैँ

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

३ सय  उद्यमी सिर्जना गर्न एक करोड  बजेट खर्च हुदैँ

सुलोचना महता चैत्र २८ दार्चुला । दार्चुलामा चालु आवमा २०७५÷०७६ मा ३ सय ४६ जना उद्यमी सिर्जना गर्नका लागि   १ करोड १७ लाख ६ हजार ८ सय ४९ बजेट खर्च भइरहेकाे छ । जसमध्ये उद्यमी सृजना गर्न ग्रामिण वातावरण तथा उद्यम विकास समाज नेपाल (रिड्स)दार्चुलाले १ सय ७० जना उद्यमी सिर्जना गर्नका लागि ६४ लाख ५६ हजार ६ सय ७ रुपैँया र जागुरुक समाज सृजना कञ्चनपुर, गरीब निवारणकालागि लद्यु विकास कार्यक्रम(मेड्पा) दार्चुलाले  ५२ लाख ५३ हजार २ सय ४२ रुपैँया खर्च गरिरहेको छ ।

घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाको आर्थिक सहयोग  दार्चुलामा सम्भावित उद्यमीहरुमा उद्यमशिलता विकासको माध्यमबाट उद्यमी सृजना मार्फत रोजगारी सृर्जना गरी गरीब निवारण गर्ने उद्देश्यले चालु आवमा रिड्स दार्चुलाले  व्यासँ, दुहँ,  मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिकागरी पाचँ वटा पालिका  र मेड्पा दार्चुलाले  अपिहिमाल, मार्मा, नाैगाड गाउँपालिका र  शैल्यशिखर नगरपालिका गरी चार वटा पालिका गरी दार्चुलाका नाैवटै स्थानीय तहहरुमा हाल विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विं.स. २०६३ साल देखि गतआव सम्म रिड्स दार्चुला मार्फत जिल्ला भरी उद्यमी सिर्जना गर्ने  विभिन्न कार्यक्रम सञ्चालन गरेकाे भएतापनि चालुआव देखि नेपाल प्रदेश उद्योग मन्त्रालय मार्फत मेड्पा चार पालिकामा सञ्चालन भएको छ ।

दार्चुलामा घरेलु तथा साना उद्योग विकास समितिबाट सिपमुलक तामिल लिएका  अधिकाशं व्यक्तिहरुले सम्पर्क विहिन हुनका सार्थै तालिम लिएकाहरु फर्म दर्ता नगर्ने तथा गाउँ घरमै भएकाहरुले उद्यमी नगर्ने, फर्मदर्ता नगर्ने तथा विदेश पलायन हुने गरेकाे पाइन्छ । अहिले सम्म रिड्स दार्चुलाबाट तालिम झण्डै ३५ सय देखि ३६ सयका  उद्यमीहरुले तालिम लिएका छन्  । दार्चुलामा तालिमका नाममा प्रत्येक वर्ष करोडौँ रुपैँया खर्च भएपनि उपलब्धी केही देखिएको छैन् । स्थानीय उत्पादित वस्तुको प्रयोग नगर्ने प्रवृतिले गर्दा दार्चुलाका लागि चाहेजति उत्पादन नहुन सकेको घरेलु तथा साना उद्योग विकास समिति दार्चुलाका प्रमुख पदम ठकुराठीले बताउनु भयो ।  त्यस्तै दार्चुलामा तालिम लिएका उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुले बजार नपाउँदा, पुजीँको अभाव तथा अन्य ठाउँबाट आयात हुने वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दाँ लगायत अन्य थुपौँ समस्याहरुले गर्दा उद्यमी मनोबल घटेको उहाँले बताउनु भयो ।  
रिड्स दार्चुलाकाे कार्यक्रम

दार्चुलाको व्यासँ, दुहँ,  मालिकार्जुन, लेकम गाउँपालिका र महाकाली नगरपालिका गरी पाचँ पालिकामा प्रत्येक पालिकामा ३४ जनाका दरले १ सय ७० जना उद्यमी सिर्जना गर्ने रिड्स दार्चुलाले विभिन्न  कार्यक्रम सञ्चालन गरेकाे छ । रिड्स दार्चुलाले चालु  आवमा २ सय जनालाई आठ दिने उद्यमशीलता तालिम दिनका लागि ४ लाख ४३ हजार ४ सय ३२ रुपैँया, ९० जनालाई छोटो अवधिको प्राविधिक तालिम ९० जनालाई दिनकालागि २ लाख ९१ हजार ९ सय २६ रुपैँया र मध्य अवधिको तालिम ९० जनालाई दिनका लागि १० लाख १४ हजार ६ सय ७८ बजेट खर्च गर्ने भएकाे छ । अहिले सम्म उद्यमी शिलता तालिम लगायत अन्य  तालिम सञ्चालन भएको अध्यक्ष  विष्णु भट्टले बताउनु भयो । तालिमबाट बैमौसमी तरकारी उत्पादन गर्ने उद्यमी, मौरीपालन व्यवसाय गर्ने उद्यमी, सिलाई कटाई गर्ने उद्यमी, गलैँचा बुन्ने उद्यमी लगायत अन्य थुपौँ उद्यमी सिर्जना भएको उनले बताए । 

मेड्पा दार्चुलाकाे कार्यक्रम
मेड्पा दार्चुलाले  अपिहिमाल, मार्मा, नाैगाड गाउँपालिका र  शैल्यशिखर नगरपालिका गरी चार पालिकामा १ सय ७६ जना नयाँ उद्यमी सिर्जना तथा पहिलेका ९७ जना उद्यमीहरुको स्तर उन्नती गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेकाे छ । चालु आवमा मेड्पा दार्चुलाले २ सय उद्यमीहरुलाई समाजिक परिचालन कार्यक्रम दिनका लागि ५८ हजार ६७ रुपैँया, उद्यमशीलता तालिम १ सय ७६ जनालाई दिनकालागि ३ लाख ६७ हजार ५ सय २६ रुपैँया, सीप विकास तालिम १ सय ७६ जनालाई दिनका लागि १४ लाख ४८ हजार ७ सय ११ रुपैँया, पहिलेका ५७ उद्यमीहरुको स्तर उन्नतीका लागि ६ लाख ६२ हजार १ सय ११ रुपैँया, प्रविधि हस्तान्तर १ सय ८० जनालाई १४ लाख ३८ हजार ६ सय ४७ रुपैँया, बजार सञ्जाल विस्तार १ लाख ८८ हजार ७ सय ६६ रुपैँया, कर्मचारीको तलब भत्ता १२ लाख ११ हजार रुपैँया र अन्र्तक्रिया, अवलोकन र भम्रणका गर्न ४० जना उद्यमीलाई ५८ हजार ८ सय २३ बजेट विनियोजन गरेको छ ।  हाल समाजिक परिचालक तालिम र उद्यमशीलता तालिम सम्पन्न भईसकेको, सीप विकास तालिम सञ्चालन भईरहेको तथा अन्य तालिम पनि सञ्चालन हुने पन्तले बताए ।