महेन्द्र नमुना माविले ५८ औँ वार्षिकोत्सव मनाइयो

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

महेन्द्र नमुना माविले ५८ औँ वार्षिकोत्सव मनाइयो



सुलोचना महता चैत्र २८ दार्चुला । दार्चुला जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र नमुना माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहिबार विभिन्न कार्यक्रम गरी मनाएकाे छ । विद्यालय व्यवस्थापन अध्यक्ष तथा महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्कर राज जोशीको अध्यक्षता एवमं महाकाली नगरपालिकाका मेयर हंसराज भट्टको प्रमुख आतिथ्यतामा ५८ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको हाे । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले अधिल्लो आर्थिक वर्षको विद्यालयको प्रगति विवरण सार्वजनिक गर्नु भएको छ । त्यस्तै वार्षिक उत्सव समारोहमा बोल्दैँ महेन्द्र नमुना माविका पूर्व विद्यार्थी तथा UNOअन्र्तराष्ट्रिय संस्थाका कर्मचारी शंकर जोशीले हाल देशमा भ्रष्टचार भयो भने चर्को आलोचना भईरहेको हुदाँ भ्रष्टाचार निराकरण गर्न आमाबुवाको महत्वपूर्ण भुमिका हुने बताएका छन् । भ्रष्टाचार व्यक्तिले आफ्नो घरबाटै सिक्ने हुदाँ आमाबुवाले आफ्ना छोराछोरीलाई असल संस्कार दिनुपर्ने विष्टले बताउनु भयो । वार्षिक उत्सवमा तथा अभिभावक दिवसमा विविध सांस्कृतिक कार्यक्रम हुनुका साथै विद्यालयमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरुष्कार  गरीएको छ । वार्षिक उत्सव तथा अभिभावक दिवसमा अभिभावक, कर्मचारी लगायत स्थानीयको सहभागिता रहेको छ ।