गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न 

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सम्पन्न 

ललित सामन्त,चैत्र २८ दार्चुला । दार्चुला जिल्लामा रहेका विभिन्न स्थानीय तहमा आजभोली पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन भइरहेका छन् भने कुनै स्थानीय तहमा सम्पन्न भइसकेका छन् । 
यसैविच जिल्लाको मार्मा गाउँपालिकामा  राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सम्पन भएको छ । मार्मा गाउँपालिकाको लटिनाथमा सञ्चालन भएको पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता विहिबार सम्पन भएको हो । 
चैत्र २५ गते बाट सञ्चालन भएको प्रतियोगिता विहिबार मात्रै सम्पन्न भएको हो । प्रतियागिताको उपाधि लटिनाथ माविले २१ स्वर्ण पदक सहित प्रथम भएको छ । यस्तै प्रतियोगितामा ४ स्वर्ण सहित तपोवन मावि पड्पडाले दुतिय स्थानमा हासिल गरेको हो । यस्तै प्रतियोगितामा माविले ४ स्वर्ण सहित तृतिय स्थानहात पारेको मार्मा गाउँपालिका अध्यक्ष जमन सिह धामीले बताउनु भएको छ ।
 विजय टिमलाई सिल्ड,प्रमाण पत्र पदक वितरण गरेको पनि अध्यक्ष धामीले जानकारी  दिनु भयो । प्रतियोगितामा गाउँपालिका भित्रका ६ वटा मावि विद्यालयहरुको सहभागिता रहेको थियो । 
अगामी २०७६ बैशाख ५ गते देखि ९ गते सम्म सञ्चालन हुने मार्मा गाउँपालिकाको लटिनाथमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा समावेश गराइने गाउँपालिकाले जनाएको छ ।