खूल्ला भलिबल प्रतियोगिता उद्घाटन 

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

खूल्ला भलिबल प्रतियोगिता उद्घाटन 

सर्मिला धामी,चैत्र २८ दार्चुला । दार्चुला जिल्लाको दुहुँ गाउँपालिका वाड नं. २ मा पर्ने गौरील माण्डौ मावि हिकिलाको खेल मैदानमा विहिबारदेखि खूल्ला भलिबल प्रतियोगिता उद्घाटन गरीएको छ ।
जिल्लाको दुहुँ गाउँपालिका,ग्रामीण विकास समाज,र समाज कल्याण समाज दार्चुलाको आयोजनामा भलिबल प्रतियोगिता सञ्चालन गरीएको हिकिला खेलकुदविकास समितिका अध्यक्ष प्रदिप कार्कीले बताउनु भयो ।
“खेलप्रतिभाको सम्मान गदैँ उदयमान नव खेलाडीहरुकोसहभागिता पहिचान र समृद्धिगर्ने” मुल उद्देश्यका साथ  विहिबार बाट भलिबल खेलको उद्घाटन गरीएको खेलुकुद विकास समितिका अध्यक्ष कार्कीले जानकारी दिनु भएको छ । 
हिकिला खेलकुद विकास समितिका अध्यक्ष धनराज जोशीको अध्यक्षता एवं दुहु गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीको प्रमुख आर्थित्यतामा भलिबल खेल उद्घाटन गरीएको हो ।

प्रतियोगिता अगामी बैशाख ४ गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम,पुरुष्कार ६३ हजार ३ सय ३३ रुपैँया, दुतिय पुरुष्कार ३३ हजार ३ सय ३३ र तृतिय पुरुष्कार १३ हजार ३सय ३३ रुपैँया सिल्ड मेडल र प्रमाण पत्रको व्यवस्था गरीएको आयोजनकले जनाएको छ । प्रतियोगितामा जम्मा २२ वटा टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।