भेटौँला सेलाउदैँ, नयाँ वर्षको गाउँघरमा चहलपहल बढ्दैँ

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

भेटौँला  सेलाउदैँ, नयाँ वर्षको गाउँघरमा चहलपहल बढ्दैँ

ललित सामन्त,चैत्र २८ दार्चुला । अहिले गाउँघरमा चैतको अन्तिमतिर  भटौँला सेलाउदैँ गएको  छ भने नयाँ वर्षको गाउँघरमा चहलपहल वढ्दैँ गएको छ । 
दार्चुला जिल्ला लगायत सुदुरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा पछिल्लो समय छोरी चेलीबेटीहरुलाई भेट्ने चलन रहिआएको भएता पनि चैत्रको अन्तिम तिरपुग्दा यो पर्व सेलाउदैँ गएको छ । 
गाउँघरमा नयाँ वर्ष आगमन सँगसँगै गहुबाली पनि पाक्न थालेपछि अरु बेला सुनसान जस्तै देखिने गाउँघरमा अहिले निकै चहलपहल बढ्दै गएको हो । 
वर्ष भरिमा चेलीबेटी सँग भेटघाट लगायत सुख दुखका कुराकानी गर्ने मौका नमिलेको खण्डमा वर्षको अन्तिम महिनालाई भेटघाट गर्ने महिनाको रुपमा लिइने गरेको छ ।  दार्चुला जिल्लाको लेकम क्षेत्रमा भेटौँला भन्ने गर्दछन् भने जिल्लाका अन्य स्थानमा चैतलो भन्ने गरिन्छ । यो समय डाकाडाहरुमा लालीगुरास फुलेका छन् ।
यो समयमा  बसन्त रितुको आगमनसँगै वनजंगलमा कोइली बास्नुका साथै यो महिनामा दाई भाई नभएका छोरीहरुको चित्त दुःखने भएकाले पनि भेट्न जाने चलन रहिआएको छ । परापुर्व कालदेखि चल्दै आएको पुरानो चलनअहिले सम्म पनि उस्तै रहेको  बुढापाखाहरुले बताउने गरेका छन् ।
 छोरी चेलीहरुलाई भेटनको लागि सेल,पुरी,पुतका,जस्ता तलेमा पकाएर छोरीलाई भेटने चलन रहेको छ पछिल्लो समय छोरीलाई भेट्नको लागि धुलो तेल लिएर भेटने गरिएको छ । 
दार्चुला जिल्लामा निकै नै उत्साहजनक रुपमा मनाउने गरिन्छ । यो पर्वले गर्दा अहिले गाडीहरुमा पनि निकै नै भिड लागेको जिपधनीहरुले बताउने गरेकका छन् । 
यसैविच विसु पर्वको दार्चुला लगायत सुदुरपश्चिमका जिल्लाहरुमा अहिले चहल पहल बढ्दैँ गएको छ ।  बिशेषगरी देवर भाउजु नन्द भाउजु साली भिनाजु र फुपु सालीहरुका बिचमा सिस्नु पानी लगाएर नयाँ वर्ष अर्थात बिसु पर्व मनाइन्छ । 
यो दिन कसैलाई रोग नलागोस सबै विषहरु नष्ट होस भनेर बिसुको दिन सिस्नु लगाउने किम्बदंन्तीहरुमा रही आएको छ । नयाँ वर्षलाई विसु पर्वका रुपमा धुमधामसँग मनाउन अहिले भयाइ नभायाइ महिला दिदि बहिनीहरुले घर लिपपोत रंग रोगन गरिरहेका छन् । साथै कामको शिलशिलामा घर बाहिर रहेका आफन्तजनहरु पनि घर फर्किन थालेका छन् ।

विसु पर्वको अवसरमा दार्चुला जिल्लाका विभिन्न स्थानमा पुजाआजा गरिन्छ भने धार्मिक आस्थाले पनि यो समय घर बाहिर रहेका व्यतिmहरु पनि घर आउने गर्दछन् । यो समयमा भाइचाराको सम्बध पनि कसिलो हुने जनविश्वाश रहि आएको  छ ।