मोटरेबल पुल बने जिल्लालाई के फाइदा 

५ बर्ष अघि

२0७५ चैत्र २८ बिहीबार

मोटरेबल पुल बने जिल्लालाई के फाइदा 

ललित सामन्त,चैत्र २८ दार्चुला । नेपाल भारत जोड्ने मोटरेबल पुल बनेपछि जिल्लालाई धेरै फाइदा हुने अनुमान गरिएको छ ।गत चैत्र १७ गते बसेको सिमावर्ती बैठकले पनि अगामी २०७६ जुन १५ अर्थात जेठ ३२ गते नेपाल भारत जोड्ने मोटरेबल पुल बनाउने बारेमा सहमति भएको हो ।

 यदि तोएिको समयमा नेपाल भारत जोड्ने मोटरेबल पुल बनेपछि त्यस क्षेत्रका स्थानीय मात्र नभइ दार्चुला जिल्लाभरिका अधिकाशं स्थानीयको लागि सुविधा हुन सक्छ भने यातातातमा पनि सहज हुनेछ । 
स्थानीयलाई खाद्यायान लगायतका अत्यावश्यक साम्रगी ल्याउन पनि सहज हुनेछ उनीहरुलाई पुल अभावले अन्य ठाउँको स्थानीयले जस्तो समस्या झेल्नु पर्देन जिल्लाको महाकाली नगरपालिका वाड नम्बर ८मा पर्ने सुरकाँडा र भारतको धारचुला तहसिल अन्तरगत पर्ने छारछुममा बन्ने पुलको लम्बाई १ सय १० मिटर लामो हुने भएको छ । 
मोटरेबल पुल बनेपछि कृर्षि र अन्य क्षेत्रमा ठुलो उपलब्धी हुने भएको छ । मोटरेबल पुल बनेपछि सुरकाँडा,धाप,किम्तडी,दत्तु लगायतका धेरैजसो स्थानीयहरुलाई उतm पुलले सहजता दिने भएको हो । पुल निर्माणको कार्य जम्मा १८ महिनामा सक्नेगरी ठेक्का प्रकिया सुरु गर्ने भारतीय पक्षको तयारी भइरहेको छ । 
सीमा क्षेत्रमा यदि समयमा  मोटरेबल पुल बनेमा दुई देशको व्यापार प्रबद्धमा टेवा पुग्नुको साथै सवारी आवतजावतमा समेत सहजता हुने भएको छ । साथै नेपाल भारतको समम्बन्ध मजबुत हुनेछ ।