चमेलीया ड्याममा महिलाको लास फेला प¥यो

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

चमेलीया ड्याममा महिलाको लास फेला प¥यो

दृष्टिकोण समाचार, चैत्र २७ दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका एक बलाँचमा रहेको चमेलीया जलविद्युत्  आयोजनाको ड्याममा बुधबार एक महिलाका लास फेला परेको छ । बुधबार विहान साढे दश बजेतिर चमेलीयाको ड्याममा महिलाको लास तैरिरहेको देखेपछि त्यहाँका कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए । ड्याम बन्द गरी विहान ११ बजेतिर महिलाको उद्धार गरिएको बलाँच स्थित शसस्त्र प्रहरी सुरक्षा बेशका डिएसपी धिरेन्द्र शाहले जानकारी दिनुभयो । 
मृत महिलाको सनाखत हुन सकेको छैन् । तर मार्मा गाउँपालिका वडा नम्बर ५ मडै बस्ने बर्ष अन्दाजी ३५ की सुनमती महता हराइरहेकोले उनकै शव हुन सक्ने अनुमान गरिएको छ । घरबाट आफन्तहरु आउन लागेकोले त्यस पछि मात्रै एकीन जानकारी हुने शसस्त्र प्रहरीका डिएसपी शाहले जानकारी दिनुभयो ।