डडेल्धुरा र ताप्लेजुङमा गाडी दुर्घटना : ४३ जना घाईते

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

डडेल्धुरा र ताप्लेजुङमा गाडी दुर्घटना : ४३ जना घाईते

दृष्टिकोण समाचार, २७ चैत्र । डडेल्धुरा र ताप्लेजुङमा भएको दुईटा फरक-फरक दुर्घटनामा ४३ जना घाईते भएका छन् । धनगढीबाट अछामका लागि छुटेको यात्रुवाहक बस डडेल्धुराको अमरगढी नगरपालिका–११, धनगाड नजिकै दुर्घटना हुँदा ३१ यात्रु घाइते भएका छन् ।

ना ४ ख ६८३६ नम्बरको बस केआईसिह राजमार्गमा पर्ने धनगाड भन्ने स्थानमा बुधबार बिहान करिब २ः३० बजे दुर्घटना भएको हो ।जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले दुर्घटनाको पुष्टि गर्दै घाइते ३० जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालको भने त्यहाँ उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।दुर्घटनाका अधिकांश घाइते अछामका रहेको बताइए पनि उनीहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।बसमा ५० भन्दा बढी सवार रहेको बताइएको छ भने बस ब्रेक फेल भएर मोडमै पल्टेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।त्यस्तै, ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल रहेका छन् ।राति सवा १० बजे भ्यान दुर्घटना हुँदा निजगढ नगरपालिका–६ बारा निवासी मोतिमायाअधिकारी, लक्ष्मिमाया सिग्देल र गोमा थापा गम्भीर घाइते भएको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो।दुर्घटनामाघाइतेसबै बारा जिल्ला निजगढ नगरपालिकाका रहेका छन् ।घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।