जिल्ला अस्पताल दार्चुलामा भाइरल ज्वरोका विरामी बढे 

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

जिल्ला अस्पताल दार्चुलामा भाइरल ज्वरोका विरामी बढे 

ललित सामन्त, चैत्र २७ दार्चुला  । जिल्ला अस्पताल दार्चुलामा भाइरल ज्वरोका विरामी बढेका छन् । मौसम परिवर्तन संगै दुषित पानीका कारण भाइरल ज्वरोका विरामीहरु बढेको जिल्ला अस्पताल दार्चुलाका मेडिकल प्रमुख धर्मानन्द जोशीले बताउनु भयो । पछिल्लो पाचँ ÷छ दिन यता जिल्ला अस्पताल दार्चुलामा ३० जना देखि ५० जनासम्म भाइरल ज्वरोका विरामीहरु आउने गरेको जिल्ला अस्पताल दार्चुलाका मेडिकल प्रमुख जोशीले बताउनु भयो ।
जिल्ला अस्पताल दार्चुलामा आएका विरामीहरु झाडापखाला एक्कासी धेरै ज्वरो आउने खोकीका विरामीहरु जिल्ला अस्पतालमा आउने गरेकको जिल्ला अस्पताल दार्चुलाले जनाएकको छ । मौसम परिवर्तनका कारण विरामीको संख्यामा वृद्धि भएको पनि अस्पतालले जनाएको छ । 
 भाइरल ज्वारोबाट पानीलाई उमालेर अथवा निर्मलीकरण गरेर मात्र पिउनु पर्छ । साथै भाइरल ज्वरोको संक्रमण भएमा आराम गर्न र घाममा नहिँड्न मेडिकल प्रमुख धर्मानन्द जोशीले सुझाव दिनु भएको छ । अस्पतालमा आउने भाइरल ज्वरोका विरामीहरुलाई उपचार पंश्चात संक्रमणबाट बच्ने सुझाव दिने गरिएको जिल्ला अस्पताल दार्चुलाले जनाउको छ ।