आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिए

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

आठौँ राष्ट्रिय प्रतियोगिताको हक्की खेलमा आर्मी र गण्डकी प्रदेश बराबरीमा रोकिए

दृष्टिकोण समाचार,चैत्र २७  आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत नेपालगञ्जमा बुधबारबाट हक्की प्रतियोगिता सुरु भएको छ । नेपाल आर्मी र गण्डकी प्रदेशबीच भएको पहिलोे खेल बराबरीमा टुंगिएको छ । सुरुवातदेखि नै आर्मीले गण्डकी प्रदेशलाई दवाबमा राखे पनि कुनै गोल गर्न सकेन । दुवै टिमले गोल गर्न नसकेपछि १/१ अंक बाँडिएको छ । 

आर्मीले ११ पेनाल्टी कर्नर पाए पनि गोल गर्न नसकेको हक्कीका मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए । गण्डकी प्रदेशले एउटा पनि पेनाल्टी कर्नरको अवसर पाएन । ‘आर्मीले गण्डकीलाई खेल अवधिभर दवाबमा राखे पनि गोल गर्न सकेन,’ उनले भने । 

आर्मीका प्रशिक्षक मानबहादुर बस्नेतले आफ्नो टिमले फिल्ड नयाँ र अगाडि खेल्ने खेलाडिको व्यवस्थापन नमिल्दा खेल अवधिभर दवावमा पारे पनि गोल गर्न नसकिएको प्रतिक्रिया दिए । उनले गण्डकी प्रदेशका प्रशिक्षकले आर्मिलाई रोक्न सक्नु नै मुख्य सफलता मिलेको प्रतिक्रिया दिए ।

उनले भने ‘हाम्रो ६ जना राम्रो खेलाडी नेपाल प्रहरीको टिममा गएकाले केहि कमजोर खेल प्रर्दशन भए पनि बराबरी हुदाँ फाइलनमा पुगेको जस्तो भान भएको छ ।’

मुख्य प्रशिक्षक पिन्टुका अनुसार दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ बीच सुरु भएको छ । बेलुकी तेस्रो खेल प्रदेश नं. ५ र प्रदेश नं. १ वीच हुने उनले जानकारी दिए ।

२८ चैत (बिहीवार) पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र प्रदेश नं. २ तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने शर्माले जानकारी दिए । उनले २९ चैतमा गण्डकी प्रदेश र २ नं. प्रदेशबीच हुने भएको छ भने दोस्रो खेल नेपाल पुलिस र ३ नं. प्रदेशबीच प्रतिस्पर्धा हुने छ । त्यसैगरी, तेस्रो खेल ५ नं. प्रदेश र कर्णाली प्रदेशबीच खेल हुने भएको छ । 

४ वैशाखसम्म सञ्चालन हुने प्रतियोगितामा ३० चैतमा प्रदेश नं. ५ र सुदूरपश्चिम प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश वीच दोस्रो र नेपाल आर्मी र प्रदेश नं. ३ बीच हुने भएको छ ।

त्यसैगरी, १ वैशाखमा पहिलो खेल नेपाल आर्मी र नेपाल पुलिसबीच हुने छ । भने, दोस्रो खेल गण्डकी प्रदेश र ३ नं. प्रदेशबीच तथा तेस्रो खेल १ नं. प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने पनि शर्माले जानकारी दिए । 

२ वैशाखमा एउटा खेल मात्र हुने बताउँदै उनले उक्त दिन २ नं. प्रदेश र नेपाल पुलिसबीच हुने जानकारी दिए । ३ वैशाखदेखि सेमिफाइनलका खेल हुने भएको छ । भने ४ वैशाखमा फाइनल खेल हुने उनले बताए ।