महाकाली नदिमाथि फोहरै फोहर, जिम्मेवारी कसको ?

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

महाकाली नदिमाथि फोहरै फोहर, जिम्मेवारी कसको ?

सुलोचना महता, चैत्र २७ दार्चुला । दार्चुला सदरमुकाम क्षेत्रको महाकाली नगरपालिका वडा नम्बर ४ पुलघाँट क्षेत्रमा महाकाली नदिमाथी फोहरको डङ्गुर थुपारिएको छ । नेपाल भारत सीमा नदीका रुपमा रहेको महाकाली नदिमाथी फोहर फाल्ने सोही क्षेत्रका व्यापारीहरु रहेका छन् । पुलघाँटका व्यापारीहरुले फोहरमैला, सिसाका बोतल, लगायत ती क्षेत्रमा रहेका घरहरुको सौचालयको पाईप समेत महकाली नदिमा मसाइएको छ ।
यहाँको स्थानीय सरकारको नाम पनि महाकाली नदिबाटै राखिएको छ । महाकाली नगरपालिकाले फोहर व्यवस्थापनका लागि विभिन्न प्रयासहरु नगरेको पनि होइन् तर समस्या अझै जस्ताको त्यस्तै छ । त्यसो त दार्चुला जिल्लामा खुला दिसामक्त क्षेत्र घोषणा भइसकेको छ । घाँट बजार लगायत जिल्ला सदरमुकाम क्षेत्रका सय भन्दा बढी घरहरुको शौचालयका सेफ्टी ट्याङ्की नै छैनन् ।  घाटबजार क्षेत्रका घर धनिहरुले ट्वाइलेटको पाइप सिधैँ महाकाली नदिमा मिसाएको छ भने बाथरुम, भाडा धोए पानी तथा घर, पशल, तथा होटेलहरुको फोहरमैला नदिमाथि फालेको छ ।