खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो

५ बर्ष अघि

२0७५ चैत्र २७ बुधबार

खाल्डोमा डुबेर दुई बालिकाको ज्यान गयो

दृष्टिकोण समाचार, चैत्र २७ । पानी जमेको खाल्डोमा डुबेर मंगलबार राति सर्लाहीको हरिवन –४ मा दुईजना बालिकाको ज्यान गएको छ ।गोल्ड इँटा उद्योगले माटो खन्दा बनेको खाल्डोमा डुबेर स्थानीय जुमेर सेखकी ६ वर्षीया छोरी समार खातुन र इन्तिहाज सेखकी ९ वर्षीया छोरी जस्मिन खातुनको ज्यान गएको हो।मंगलबार दिउँसोदेखि बेपत्ता भएका दुबै बालिकाको राति अबेर स्थानीयले पानीमा डुबेको अवस्थामा शव फेला परेका थिए । इँटा उद्योगमा काम गर्ने मजदुरले पानीमा तैरिरहेको अवस्थामा बालिकाहरुको शव  देखेपछि प्रहरीलाई खबर गरेका हुन्। दुवै मृतकको शव परिक्षणका लागि राति मलंगवा अस्पताल पठाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले  जनाएको छ ।