गाउँपालिकाको गाडी किन्ने रकम युवा स्वरोजगारमा खर्च गरिने

५ बर्ष अघि

२0७५ चैत्र २६ मंगलवार

गाउँपालिकाको गाडी किन्ने रकम युवा स्वरोजगारमा खर्च गरिने

ललित सामन्त,चैत्र २६ दार्चुला । दार्चुलाको दुहँु गाउँपालिकाले चालु आर्थिक वर्षमा छुट्याएको २५ लाख रुपैँया युवा स्वरोजगारका लागि खर्च गर्ने निर्णय गरेको छ । 
सोमबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिका भित्र रहेका बेरोजगार युवाहरुलाई विदेश पलायन रोक्नका लागि गाउँपालिकाले गाडी किन्ने रकमलाई युवास्वरोजगारमा खर्च गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । 
गाउँपालिकाको बैठकले यो भन्दा पहिले गाडी किन्नका लागि  २५ लाख रुपैँया छुट्याएको थियो । सोही रकममा ३० लाख रुपैँया थप गरेर ५५  लाख रुपैँया युवास्वारोजगारमा खर्च गर्ने गाउँपालिकाका अध्यक्ष कार्र्कीले जानकारी दिनु भयो ।
गाउँपालिकाले युवास्वरोजगार आवेदन संङकलन,कार्य छनोट समिति कार्यविधि पास भइसकेको छ भने शिक्षित युवास्वरोजगारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको छ यस्तै गाउँपालिकाका कर्मचारीहरुले व्यवसायीहरुको वास्तविक तथ्याङ संकलन गरी छनोट तयारी भइरहेको छ । 
युवा स्वारोजगार कार्यक्रममा गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा ३ सदस्य छनोट समिति गठन गर्ने र सो समितिले गरेको मुल्याङनका आधारमा  कार्यपालिकामा अनुमोदन गर्ने गाउँपालिकाले जनाएको छ । 
गाउँपालिकाबाट पाइने रकम किस्तामा भुक्तानी गर्ने निर्णय गरेको छ  गाउँपालिका युवास्वरोजगारहरुले  आफु तोकेको व्यवसाय नगरेमा अनुदान किस्ता गाउँपालिकाले फिर्ता गर्ने निर्णय समेत गरेको गाउँपालिकाले जनाएको छ ।