प्रदेशमा लोकसेवा आयोगको नेतृत्व सहसचिवले गर्ने

६ बर्ष अघि

२0७५ असार १ शुक्रबार

प्रदेशमा लोकसेवा आयोगको नेतृत्व सहसचिवले गर्ने

असार १ दार्चुला । अब सातवटै प्रदेशमा ‘प्रदेश लोकसेवा आयोग’ स्थापना हुनेछन् र त्यसको नेतृत्व सहसचिवले गर्नेछन् ।
विगतमा अञ्चलमा रहेका कार्यालयहरु अब ‘परीक्षा व्यवस्थापन कार्यालय’को रुपमा रहन्छन् । ती कार्यालयहरुले साविककै जिल्लाहरु हेर्नेछन् । प्रदेशस्तरको कार्यालयले प्रदेश लोकसेवा आयोग र संघीय लोकसेवा आयोगसँग समन्वय गरेर संघीय निजामती सेवाका लागि परीक्षा सञ्चालन गर्दछ । साथै त्यसको विधि प्रक्रिया सिकाउने काम पनि सो कार्यालयले गर्ने छ ।
लोकसेवा आयोगका सहसचिव एवम् प्रवक्ता लक्ष्मीविलास कोइरालाले भने, ‘प्रदेश लोकसेवा आयोग बनेपछि पनि निष्पक्ष हुनुपर्यो, परीक्षामा गोपनियता कायम हुनुपर्यो र परीक्षा गुणस्तरीय हुनुपर्यो । त्यसका लागि नलेज ट्रान्सफरको काम गर्छौं, विधि प्रक्रियाहरु सिकाउँछौं । नलेज ट्रान्सफरको काम प्रदेश लोकसेवाले गर्छ ।’