ललित सामन्त,चैत्र २६ दार्चुला । दार्चुला जिल्लाको दुहु गाउँपालिकाले मृतक र पिडित परिवारलाई सहयोग हस्तारण गर्ने भएको छ । हिजो बसेको गाउँपालिकाको बैठकले गत फागुन १६ गते राती ८ बजेतिर भएको दार्चुला तिंकर सडक खण्डमा जिप दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई दुहु गाउँपालिकाको प्रति परिवारलाई २५ हजारका दरले ११ जनाको परिवारलाई सहयोग हस्तारण गर्ने निर्णय गरेको दुहु गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो ।
यसैविच दार्चुला तिंकर सडक खण्डमा जिप दुर्घटना हुदाँ घाइते भएका गाडी चालकलाई उपचार खर्च बाफत २० हजार रुपैँया दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कार्कीले जानकारी दिनु भएको छ ।
गत फागुन १६ गते राती भएको जिप दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा दुहु गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ४५ का कल्यान सिह बडाल,वहाकै छोरी वर्ष १५ कि निर्मला बडाल,दुहु गाउँपालिका वडा नम्बर २ वस्ने वर्ष ३५ परुली धामी रहेका थिए ।
त्यसैगरी दुहु गाउँपालिका १ बस्ने बर्ष ५४ का धनबहादुर बम दुहु गाउँपालिका वडा नम्बर ४ दौला बस्ने वर्ष ५५ कि अम्मरा बम, सोही ठाउँकी वर्ष ४ की आयुसा बम ,दुहु गाउँपालिका वडा नम्बर १ पीपलचौरी बस्ने वर्ष ४५ गोमती बमर सोही ठाउँकी वर्ष ७१ की धाना बम रहेको थिए । यस्तै ज्यान गुमाउनेमा बैतडी जिल्ला दोगडाकेदार गाउँपालिका वडा नंं. ६ सित्तड बस्ने वर्ष ६० का प्रताप चन्द भनिने धनबहादुर चन्द सोही ठाउँ बस्ने वर्ष २० —२१ कि स्नेहा चन्द र दुहु गाउँपालिका वडा नम्बर १ बस्ने वर्ष ५३ की मानमति भट्टको परिवारलाई गाउँपालिकाले २५ हजारका दरले सहयोग हस्तारण गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर काकीले बताउनु भयो ।
यस्तै सोही ठाउँमा जिप दुर्घटनामापरी घाइते भएका जिप चालक दिपक सिह धामीको परिवारलाई पनि उपचार खर्च बाफत २० हजार रुपैँया दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो ।
यस अघि पनि गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले कृयाखर्च बाफत प्रति परिवारलाई ५–५ हजार रुपैँया दिएको गाउँपालिकाले जनाएको छ ।