पालिका स्तरिय छनौट सुरु, दार्चुला जिल्ला भयो खेलकुदमय

५ बर्ष अघि

२0७५ चैत्र २४ आईतवार

पालिका स्तरिय छनौट सुरु, दार्चुला जिल्ला भयो खेलकुदमय

दृष्टिकोण समाचार, २४ चैत्र दार्चुला । दार्चुला जिल्ला अहिले खेलकुदमय बनेको छ । २०७६ बैशाख ५ गतेबाट दार्चुला जिल्लाको मार्मा गाउँपालिकामा हुने ११ औँ राष्ट्रपती रनिङ सिल्ड प्रतियोगिताको लागि अहिले जिल्लाका नौ वटै गाउँपालिकाहरुमा पालिका स्तरिय छनौट प्रतियोगिता सञ्चालन भइरहेको जिल्ला खेलकुद विकास समिति दार्चुलाका कोषाध्यक्ष खडक बडालले जानकारी दिनुभयो । चैत्र २४ गते जिल्लाका तीनवटा पालिकाहरु महाकाली नगरपालिका, नौगाड र दुहुँ गाउँपालिकामा पालिका स्तरिय छनौट प्रतियोगिता सञ्चालन गरिएको छ । महाकाली नगरपालिकाको धाप, दुहुँ गाउँपालिकाको हिकिला र नौगाड गाउँपालिकाको सिप्टीमा खेल सञ्चालन भएको छ । महाकाली नगरपालिकामा जिल्ला खेलकुद विकास समितिबाट खडक बडाल, नौगाडमा दानसिह कार्की र दुहुँपालिकामा महेश विष्ट प्रतिनिधी रहेका छन् । 
त्यस्तै भोली अर्थात चैत्र २५ गते शैल्यशिखर नगरपालिका, मार्मा र अपि गाउँपालिकामा छनौट प्रतियोगिता सञ्चालन हुनेछ । ति पालिकाहरुमा जिल्ला खेलकुद विकास समितिका तर्फबाट शैल्यशिखरमा सन्तोष भण्डारी, मार्मामा दिनेश बहादुर पाल, र अपिमा जनक ठेकरे र खिमला कार्की रहेका छन् । त्यस्तै चैत्र २६ गते लेकम गाउँपालिकामा खेल सुरु हुनेछ त्यहाँ जिल्ला खेलकुद विकास समितिको प्रतिनिधी भोजराज जोशी गएका छन् । त्यस्तै चैत्र २७ गते व्याँस र मालिकार्जुन गाउँपालिकामा खेल सुरु हुनेछ भने मालिकार्जुनमा जिल्ला खेलकुद विकास समितिका प्रतिनिधी श्यामराज अवस्थी र व्याँसमा महेश विष्ट रहेका छन् ।