हुरीबतासबाट बारा पर्सामा ज्यान गुमाउने प्रति नेबिसंघ काभ्रेद्धारा दुःख व्यक्त

५ बर्ष अघि

२0७५ चैत्र १९ मंगलवार

हुरीबतासबाट बारा पर्सामा ज्यान गुमाउने प्रति नेबिसंघ काभ्रेद्धारा दुःख व्यक्त

चैत्र १९ । नेपाल बिधार्थी संघ काभ्रेले आइतबार राति आएको हुरीबतासबाट ज्यान गएको प्रति दुःख व्यक्त गरेको छन् । दुई दर्जन भन्दा बढीको ज्यान गएको र झण्डै चार सयको हाराहारीमा घाइते भएको सो घटनामा जिल्ला कार्य समितिलाई दुखित बनाएको जिल्ला सह सचिव प्रेम लामा थोकरले बताउनु भयाे ।  राष्ट्रिय शोकको घडीमा सबै मिलेर सक्दो सहयोग गर्ने कार्यमा एक जुट हुनु पर्ने तथा साथै ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

 लामाले पिडित परिवारलाई उदार र राहत वितरण गर्न कार्यमा सरकार र सम्बन्धित निकाय समक्ष माग गरेका छन् । हाल सम्म २७ जनाले ज्यान गुमाएका छन, भने चार सयको हाराहारीमा घाईते भएका छन । नेबिसंघ काभ्रे जिल्ला सह सचिव लामाले स्थानीय सरकार , प्रदेश र केन्द्रीय सरकार तथा विभिन्न भातृ संघ संस्था तथा वित्तीय संस्थाहरूलाई उदारको लागि सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।