जिल्ला अस्पतालमा दार्चुलामा सरसफाई

५ बर्ष अघि

२0७५ चैत्र १९ मंगलवार

जिल्ला अस्पतालमा दार्चुलामा सरसफाई

 

सुलाेचना महता, चैत्र १९ दार्चुला । समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महाकाली नगरपालिका वडा नम्बर ५ मा गठन भएको समुदाय प्रहरी साझेदारी वडा समितिको आयोजनामा जिल्ला अस्पताल दार्चुलामा सरसफाई भएको छ । मंगलबार जिल्ला अस्पताल दार्चुलाको आन्तरिक तथा बाह्य क्षेत्रमा रहेको प्लाष्टीकका फोहर लगायत अन्य फोहर संकलन गरी सरसफाई कार्यक्रम भएको छ । स्थानीय जनप्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी, महिला स्वयमसेबिका, जिल्ला अस्पताल दार्चुलाका कर्मचारी लगायत स्थानीबासीहरुको सहभागितामा सरसफार्इ कार्यक्रम भएको छ । सामुदायिक प्रहरी शंकरपुर र मालिकार्जुन गाउँपालिकाको साझेदारीमा मालिकार्जुन गाउँपालिकामा पनि सर(सफाई कार्यक्रममा भएको छ ।