कृषिबाली वस्तुहरुको बजार प्रर्वद्धन सम्बन्धी गोष्ठी सम्पन्न

५ बर्ष अघि

२0७५ चैत्र १९ मंगलवार

कृषिबाली वस्तुहरुको बजार प्रर्वद्धन सम्बन्धी गोष्ठी सम्पन्न

 

सुलाेचना महता, चैत्र १९ दार्चुला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, स्याउ जोन दार्चुलाको आयोजनामा कृषिबाली वस्तुहरुको बजार प्रर्वद्धन सम्बन्धी एक दिने गोष्ठी सम्पन्न भएको छ । कृषकहरुले उत्पादन गरेको कृषिबाली बजारीकरण कसरी गर्ने भन्नेबारेमा जानकारी दिने उद्देश्यले कृषिबाली वस्तुहरुको बजारप्रवद्र्धन सम्बन्धी गोष्ठीको आयोजना गरीएको स्याउ जोन दार्चुलाका प्राविधिक साहयक हरिदत्त जोशीले जानकारी दिनु भएको छ ।

त्यसैगरी गोष्ठी कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले जग्गाधनीहरुले कृषिबालीको उत्पादन गर्न इच्छा देखाएमा चाहे जति उत्पादन गर्न सकिने बताएका छन् । दार्चुला जिल्लामा धान फाएर बिक्री गर्न नसकिने भएपनि स्याउ खेती, आलु खेती र जडीबुटी खेती लगायत कृषिबाली लागएर कृषकहरुले दार्चुला जिल्लालाई स्वदेश तथा विदेशमा चिनाउन सक्ने प्रमुख जिल्ला अधिकारी विष्टले बताउनु भएको छ । कोल्ड स्टोर बनाउन तथा कृषकहरुका समस्या सम्बन्धीत निकायमा पु¥याउनका लागि पहल गर्ने प्रजिअ विष्टले बताउनु भयो । त्यस्तै कार्यक्रममा बोल्दैँ कृषकहरुसँग कृषिबाली सम्बन्धी आइपर्ने चुनौती तथा समस्यालाई सहज रुपमा समाधान गर्न सक्ने खुबी हुनुपर्ने डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख हरिप्रसाद पाडेले बताउनु भयो । दार्चुलामा स्याउ खेती, आलु खेती र जडीबुटी खेतीको प्रचुर सम्भावना रहेको हुदाँ कृषकहरुले व्यवसायको रुपमा लिएर अगाडी बढ्न सकेमा आयआर्जन तथा यहाँका स्थानीयहरुलाई नै रोजगारी प्राप्त हुने डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख पाडेले बताए ।

डिभिजन वन कार्यालय दार्चुलाका प्रमुख हरिप्रसाद पाडेको अध्यक्षतामा एवंम प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको आतिथ्यतामा कृषिबाली वस्तुहरुको बजारप्रवद्र्धन सम्बन्धी अन्र्तक्रिया गोष्ठी सम्पन्न भएको छ । गोष्ठी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी लगायत कृषकहरुको सहभागिता रहेको थियो ।