नेपाल—भारत सीमा सुरक्षा बैठक पीथौरागढमा जारी

५ बर्ष अघि

२0७५ चैत्र १७ आईतवार

नेपाल—भारत सीमा सुरक्षा बैठक पीथौरागढमा जारी

दृष्टिकोण समाचार, चैत १७ दार्चुला । नेपाल—भारत दुई देशको सीमा सुरक्षा बैठक भारतको पीथौरागढ जिल्लामा आइतबार बसेको छ । नेपाल भारत सीमा सुरक्षाका विषयमा छलफल गर्न नेपालको तर्फबाट दार्चुला र बैतडी जिल्लाका सुरक्षा अधिकारी तथा भारतको पीथौरागढ र चम्पावत जिल्लाका सुरक्षा अधिकारीबीच छलफल चलिरहेकाे छ । 
दुई देशको सीमा क्षेत्रको सुरक्षा, मानव तस्करी देखि अन्य विभिन्न बनपैदावारहरुको चोरी तस्करी नियन्त्रण, सीमा क्षेत्रमा हुने विभिन्न अपराधिक क्रियाकलापहरुको नियन्त्रण, दुई देशका बिचमा हुने विभिन्न गतिबीधिका बारेमा एक अर्काबीच समन्वय सहयोग बढाउन तथा सूचना आदान प्रदान लगायतका विषयमा छलफल हुने बैठक रिपाेर्टिङमा सहभाागि दार्चुलाबाट सहकर्मी राम धामीले जानकारी दिनुभयाे ।