लेकम गाउँपालिकाकोे प्रमुख प्राथमिकतामा यातायात र विद्युत

५ बर्ष अघि

२0७५ चैत्र १६ शनिबार

लेकम गाउँपालिकाकोे प्रमुख प्राथमिकतामा यातायात र विद्युत

ललित सामन्त,चैत १६ दार्चुला । दार्चुलाकोे लेकम गाउँँपालिकाले चालुु आर्थिक वर्षमा सडक र विद्युुतलाई आफनोे पहिलो प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्षमा लेकम गाउँपालिकाले तिन वटा सडक खण्डलाई तिब्रताका साथ अगााडी बढाइ रहेको लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द्र जोशीले बताउनु भयो ।

लेकम गाउँपाालिकालाई जोड्ने गोकुलेश्वर लाली सडक खण्ड,जौैलजिवी सेरा सडक खण्डलाई आफनो पहिलो प्रााथमिकतामा राखेको र यस्तै ऐरीछाना रिठाचौपता धन्थला सडक खण्डलाई आफनो गााउँपालिको पहिलोे प्राथमितामा राखेको गाउँपालिका अध्यक्ष जोशीले बताउनु भयोे ।

यस्तै गाउँपालिकाले विद्युतलाई पनि वढि प्राथमिकतामा राखेर काम गरिरहेकोे उहाँले बताउनु भयो । अहिले लेकम गाउँपालिकाको वाड नम्बर ३ कोे केही भागममा मात्रै विद्युत पुगेको र चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका अन्य वडाहरुमा पनि विद्युत विस्तार गर्ने बताए । लेकम गाउँपालिकाले गोकुलेश्वर लाली सडक खण्डको ट्रयााक खोल्नको लागि गाउँसभा बाट मात्रै ५ लाख रुपैँया विनियोजन गरेको र अहिले उतm सडक खण्डमा काम चलिरहेको छ भने चालु आर्थिक वर्षमा गाउँपालिका बाट १ करोड ५० लाख रुपैँया विनियोजन गरेको छ । यस्तै जौलजिवी सेरा सडक खण्डको काम तिन वर्ष सम्म सुचारु हुन सकेकोे छैन ।

ठेकेदारको लाप्रबाहीले गर्दा जौलजिवी सेरा सडक खण्डकोे काममा केही समस्या आाएको र दार्चुला बाट निर्वार्चित सांसद ठगुन्नाले बैतडी भौतीक पुर्वाधार कार्यालय संग समन्वय गरिरहेकोे र केही दिन भित्र नै काम सुचारु हुने पनि अध्यक्ष जोशीको भनाइ रहेको छ । यस्तैै ऐरीछाना रिठाचौपताका धन्थला सडक खण्डको लागि गाउँपालिका बाट १करोड र प्रदेश सरकार अन्तरर्गत ६५ लाख रुपैँया विनियोजन गरेको गाउँपालिका अध्यक्ष प्रमानन्द्र्र जोशीले बताउनु भयो ।

यसैविच गाउँपालिकाले विद्युत क्षेत्रको विस्तारकका लागि पनि चालु आर्थिक वर्षमा प्रत्येक वडाहरुरका लागि १० ÷१० लाख रुपैँया विनीयोजन गरेको गाउँपालिकाका अध्यक्ष प्रमानन्द्र जोशीले बताउनु भयोे । यस्तै अन्य शिक्षा स्वास्थ्य खानेपानी लगायता विषयमा पनि गाउँपालिका लगिपरेको गाउँपालिकाले जनाएको छ ।