दार्चुलामा विपद व्यवस्थापन तथा मानव अधिकार 

६ बर्ष अघि

२0७५ असार १ शुक्रबार

दार्चुलामा विपद व्यवस्थापन तथा मानव अधिकार 

असार १ दार्चुला । दार्चुला जिल्लामा विपद व्यवस्थापनसँगै मानव अधिकारको अवस्थाको बारेमा छलफल गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग सात नम्बर प्रदेशका निर्देशक दिपकध्वजजंङ कार्कीको अध्यक्षतामा दार्चुला जिल्लास्थित विभिन्न सारोकारवालाहरु बीच विपद जोखिमबाट निम्याउने मानव अधिकार रक्षाका बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दार्चुला जिल्लामा हुने विभिन्न विपदहरुको जोखिम न्युनिकरणका विषयमा छलफल गर्दै जिल्लामा रहेका सम्भावित प्राकृतिक विपदहरुको पूर्व तयारी तथा न्युनिकरणका प्रयासहरुको बारेमा पनि छलफल गरिएको छ ।


प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले दार्चुला जिल्लाको विपदको सम्भावना र विपद न्युनिकरण तथा पूर्व तयारीका बारेमा जिल्लाबाट भईरहेका प्रयासहरुको बारेमा जानकारी गराउनु भएको छ । इन्सेक दार्चुलाका प्रतिनिधी नरेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा दार्चुला जिल्लामा बाढी पहिरो, हावाहुरी, चट्याङ, खाद्यान्न अभाव, बाटोघाँटो बन्द हुने हुने अवस्था, नेपाल भारतको सीमा क्षेत्रमा हुने अन्तराष्ट्रि प्रकृतिका विभिन्न विपदहरुको बारेमा छलफल गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा विपद सँगसँगै अन्य मानव अधिकारको अवस्थाका बारेमा जिल्लास्थित मानव अधिकारको क्षेत्रमा काम गर्ने विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिहरुले जिल्लाको मानवअधिकारको अवस्थाका बारेमा राष्ट्रिय मानव अधिकार सात नम्बर प्रदेश प्रमुखलाई जानकारी गराउनु भएको छ ।