६४ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघले गर्यो स्थानीयसंग अन्तरक्रिया 

५ बर्ष अघि

२0७५ चैत्र १६ शनिबार

६४ औं स्थापना दिवसको अवसरमा पत्रकार महासंघले गर्यो स्थानीयसंग अन्तरक्रिया 

ललित सामन्त,चैत १६ दार्चुला । नेपाल पत्रकार महासंघ दार्चुलाको आयोजनामा महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ दार्चुललाले  स्थानीयसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

 नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष शंकर सिह धामीको अध्यक्षता एंव नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीको प्रमुख आर्थिथ्यतामा जिल्लाको नौगाड गाउँपालिकाको होेपरीगाडममा ६४ औँ स्थापना दिवस मनाएको  होे ।

स्थानीय तहसंग मिडियाको सम्बध अझै मजबुत बनाउने उद्देश्यले नेपाल पत्रकार महासंघ दार्चुलाले जिल्लाको नौगाड गाउँपालिकामा स्थानीय संग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले मिडियाहरुले सत्य तथ्य समााचार सम्प्रेसण गर्नुपर्ने  बताएका छन् । 


यस्तै उहाँले मिडियाहरुको क्षेत्र जिल्ला सदरमुकाम क्षेत्रमा मात्रै भएकाले नौगाड गाउँपालिका धेरैजसो वडाहरुमा सञ्चार सेवा नपुगेको पनि बताएका छन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारकर्मी,नौगाड गाउँपालिका भित्रका जनप्रतिनिधिहरु लगायत स्थानीय बासिन्दाहरुको सहभागिता रहेको नेपाल पत्रकार महासंघ दार्चुलाले जनाएको छ ।