जीवनोपयोगी सीप विकास तालिम सञ्चालन

५ बर्ष अघि

२0७५ चैत्र १५ शुक्रबार

जीवनोपयोगी सीप विकास तालिम सञ्चालन

 ललित सामन्त,चैत १५ दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका वाड नम्बर ५ मा किसोरी समुहका लागि जीपनोेयोगी सीप मुलक तालिम सञ्चालन भइरहेको छ । दार्चुुलाको नौैगाड गाउँपालिकाको आर्थिक सहयोेग तथा महिला बालबालिका शाखा नौगाडको आयोजनामा ५ दिने सिप विकास तालिम सञ्चालन भएको हो ।

चैत १३ गते बाट सञ्चालन गरिएको सिप विकास तालिम किशोरीहरुलाई रुढिवाढी परम्परा प्रति अवाज उठाउन प्रेरीत गर्ने किससोरी अवस्थामा आउने परिवर्तनका साथै जोखिमहरु बारे सचेत गराउने तथा उद्देश्यले जीपनोेपयोगी सीप विकास तालिम सञ्चालन गरिएको महिला  शाखा प्रमुख कैशिला धामीले बताउनु भयो ।

तालिम चैत १३ गते बाट सञ्चालन भएर चैैत १७ गते सम्पन हुने भएको छ । तालिमा वडा नम्बर ५ का ३० जना किशोरीहरुले सहभागिता जनाएका छन् । तालिम जिल्लाको नौगाड गाउँपालिकाको कार्यालयमा संञ्चालन भइरहेको आयोजकले जनाएको छ ।