ऐतिहासिक भग्नावशेष उकु महल (फोटो फिचर )

५ बर्ष अघि

२0७५ चैत्र १५ शुक्रबार

ऐतिहासिक भग्नावशेष उकु महल (फोटो फिचर )

ललित सामन्त,चैत १५ दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुन। निमार्णको पर्खाइमा रहेको छ ।मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन गइ भग्नाबशेषमा परिणत भएको किम्बदन्ती पाइन्छ । प्रदेश नम्बर ७ मध्ये कै एउटा महलको रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकिय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ ।

 उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन् । देबीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरु, ढुगेंधारा, नाग, बसाह, सिहं, चक्रशिलासहित थरिथरिका आकृतिहरु बिभिन्न शिलामा कुदिएको स्पष्टै देख्न सकिन्छ ।
महाकाली किनारमा अवस्थित ऐतिहासिक उकु कत्युरी राजाहरुको राजधानी भएको इतिहासका जानकारहरु बताउँछन् । महल क्षेत्रमा कोटघर, देबस्थल, दरवारका मजबुद किल्लाहरु, ढुगांमा कुदिएका बिभिन्न भगवानका मुर्तीहरु, विभिन्न काकृतिका ढुगांहरुले मध्यकालका शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा भएको यि ऐतिहासिक दस्ताबेजहरुले पृष्टी गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी बताउँछन । 
उकुको ऐतिहासिक सम्बन्ध सिमावर्ती भारतको अस्कोट संग रहेको देखीन्छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असी वटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाङकरण गरेको किम्वदन्ती छ । पाल राजाहरुलाइ रजवार भन्ने गरिन्छ । बाह्र वटा बिभिन्न राजाहरुको प्रमुख राजालाइ रजवार भन्ने गरिन्थ्यो । दार्चुलाकै देथलाको पाल राज्य भन्ने बाह्र राजाहरुमा सम्मेलित थियो भन्ने बुझाइ पाइन्छ ।

प्रमाणिक रुपमा भन्नुपर्दा रजवार भारती पाल उकुका राजा थिए । इतिहास अध्ययनका क्रममा भेटिएका सन् १३९४ र सन् १४२० को ऐतिहासिक ताम्रपत्रले रजबार भारती शासनलाइ प्रमाणीत गरेको गाउँपालिका अध्यक्ष धामीले उकु महलबारे पुरातत्व बिभागमा पठाउँन तयार पारेको एक प्रतिबेदनमा उल्लेख गरिएको छ ।
सन् १४२० को सिलोनी ताम्रपत्रले भारती पाललाइ उकुको राजा भएको प्रष्ट पारेको छ । रजवार भारती पाल शाके १३१६ ९सन् १३९४० को ताम्रपत्रले नाग मल्ल र बिक्रम पाललाइ पुर्ववर्ती राजा मानेको छ । निरै पालको ऐतिहासिक अभिलेख अनुसार निरै डोटी, डडेल्धुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । 
नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । सिरा डिडिहाटमा निरैपालदेबले सन् १३५३ बत्युली ताम्रपत्र भेटिएको छ, र अल्मोडाको पहाडमा निरैपाल लेखिएको सन् १३५४ को ऐतिहासिक ढुगां भेटिएको थियो ।
सबै ऐतिहासिक कालक्रमहरु समान देखिएकाले निरै पालको ऐतिहासिकता र राज्य कालबारे शंका गर्ने ठाउँ नभएको उकुका स्थानिय बुद्धिजिबि भैरबदत्त भट्टको भनाइ छ । नेपाली इतिहासमा भेट्टिने तथ्य अनुसार पाल वा नाग मल्ल निरै पालका पुत्र थिए । 
पछिल्लो समय दार्चुलाको मालिकार्जुन गाउँपालिकाले उतm क्षेत्रको लागि गाउँपालिका बाट ६ लाख र वडा बाट २ लाख गरी जम्मा ७ लाख रुपैँया विनीयोजन गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिह धामीले बताउनु भयो ।