क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण 

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

क्यान्सर पीडितलाई सहयोग हस्तान्तरण 

ललित सामन्त,चैत १४ दार्चुला । दार्चुलाकोे महाकाली नगरपालिका  वाड नम्बर ६ पाँैनेखोला बस्दै आएका बुवा पदम पाल र आमाा बसन्ती पालको कोख बाट जन्मेका हरिश पाल विगत लामो समय देखि चितवन अस्पतालमा  उपचार गराइरहेका छन् ।उनको उपचारका लागि करिब ८ लाख रुपैँया  लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आर्थिक अवस्था कमजोर   भएका पाललाई विहिबार जिल्लाको नमुना माध्यमिक विद्यालय खलंगाले शिक्षक विद्यार्थी र कर्मचारीहरु बाट उढेको रकम २१ हजार १ सय ५५ रुपैँया पिडित पालकी आमा बसन्ती पाललाई विद्यालयले हस्तारण गरेको छ । 

 विगत लामो लामो समय देखि क्यान्सर पिडित हरिशलाई सानो रकम भएपनि केहीहद सम्म यो आर्थिक सहयोगले टेवा पुग्ने विद्यालयका प्रधानाध्यापक रामदत्त जोशीले बताउनु भयो ।

हरिश पालका बुवा विगत लामो समय देखि ब्याङलोरमा गएका छन् उहाँकै उपचारको लागि बुवा पनि विदेशीनु परेको हरिशकी आमा बसन्ती पालले बताउनु भयो । हरिश पाल अहिले यु केजीमा पढिरहेको छन् । तर रोगले उनलाइ माया गरेपछि हरिस पाल उपचारका क्रममा क्यान्सर अस्पताल चितवनमा छन् ।विरामी परेको हरिशलार्ई पहिले जिल्ला अस्पताल दार्चुलामा लगिएको यहाँ पनि ढिक नभएपछि जिल्ला अस्पतालले पाललाई पिथौरागढ रिफर गरेको थियो  पिथौरागढमा पनि उपचार सम्भव नभएपछि बरेली पढाएको र बरेली पनि राम्रो हुन नसके पछि बरेली बाट चितवन अस्पतालमा पढाएको र अहिले ३ महिना देखि सानो बालक चितवन अस्पतालमा रहेको छ ।क्यान्सर पीडित पालकी आमाले पहिले चिया पसल सञ्चालन गरेकी थिइन् ।

तर, रोगले सताएपछि पसल पनि गर्न सकिनन् । बिहान बेलुकाको दुई छाक टार्नसमेत समस्या भईरहेको अवस्थामा उपचारका लागि लाखौं रकम खर्चिनुपर्दा उनीसँग रोग पाल्नुको विकल्प थिएन् । पालकी आमाले आर्थिक सहयोग पाएपछि उपचारमा राहत मिलेको प्रतिक्रिया दिएकी छन् ।