दार्चुलाका तीनवटा स्थानीयतहमा सार्वजनिक सुनवाई गरिदैँ 

५ बर्ष अघि

२0७५ चैत्र १४ बिहीबार

दार्चुलाका तीनवटा स्थानीयतहमा सार्वजनिक सुनवाई गरिदैँ 

ललित सामन्त,चैत १४ दार्चुला । दार्चुलाका तिन वटा स्थानीय तहमा सार्वजनिक सुनवाइ अहिले चलिरहेको छ । 
जिल्लाको नौगाड गाउँपालिका ,व्यासँ गाउँपालिका र शैल्यशिखर नगरपालिका गरी जिल्लाका तिन वटा स्थानीय तहमा सार्वजनिक सुनवाई भइररहेको छ । 
स्थानीय सरकारले चालु आर्थिक वर्षको प्रथम र दोस्रो चौमासिकमा गरेका काम कारबाही सञ्चालन गरेका चालु आर्यिक वर्षको योजना कार्यक्रम सेवा प्रवाह लगायतका बारेमा स्थानीयलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिन लागेको नेपाल पत्रकार महासंघ दार्चुलाका जिल्ला सदस्य राम सिह धामीले बताउनु भयोे । 
यसै विच दार्चुलाको नौगाड गाउँपालिकामा नेपाल पत्रकार महासंघले सार्वजनिक सुनवाइ गरिरहेको छ भने अन्य दुई स्थानीय तहमा सुशासन पारदर्शिता जवाफदेहिता र सञ्चारकोे क्षेत्रमा क्रियाशिल नागरिक संस्था मिडिया विकास समाज नेपाल दार्चुलाले सार्वजनिक सुनवाइ कार्यक्रम गरीरहेको मिडिया विकास समाज नेपाल दार्चुलाले जनाएको छ ।